हलिउडखबर/काठ्माण्डौ/६/२५/२०
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउपालिकाको आगामी २०७७/०७८ को कुल बजेट ४१ करोड ८९ लाख १८ हजार ९४ रुपैया प्रस्तुत गरिएको छ।
जुन २४, २०२० बुधबार गाउँ पालिकाको सातौं गाउसभामा उपप्रमुख अन्जु आचार्यले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ ४५ लाख, संघीय सरकार समानीकरण अनुदान तर्फ ८ करोड ८० लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ ७ करोड २३ लाख १९ हजार ९४ रुपैया प्रस्तुति गरिएको छ।
त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान तर्फ ९९ लाख ६३ हजार, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ १ करोड ५९ लाख ७७ हजार, संघीय शर्शत अनुदान तर्फ १७ करोड ९१ लाख, प्रदेश शशर्त अनुदान तर्फ १ करोड, ९३ लाख ४१ हजार चालुतर्फ ४ करोड २५ लाख १० हजार र विकास निर्माणमा १७ करोड ७५ लाख २३ हजार ९ सय २२ रुपैया प्रस्तुत गरिएको थियो।