-नुवाकोटको दुप्चेश्वोर पालिकामा दुइ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

नुवाकोटको दुप्चेश्वोर पालिकामा दुइ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

Hollywood Khabar March 20,2021 Comments

संजीवनी रेडियो, नुवाकोट, मार्च २१, २०२१

नुवाकोटको रुडेकन ग्रुपको संयोजन, दुप्चेश्वोर गाउपालिकाको आयोजना र काठमाण्डौ मेडिकल कजेल, सिनामंगलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। यहि चैत्र १० र ११ गते आयोजित उक्त दुइ दिने शिविरमा जनस्वास्थ्यका प्रमुख रोगहरुको सेवा प्रदान गरिने छ। यसमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको समेत सहयोग रहेने भएको छ।

गाउपालिकाको वडा # ६ स्थित समुन्द्रटा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य सेवा संचालन हुने भएको हो। उक्त सेवामा बिशेष गरि स्वास्थ्य परिक्षण, इसिजी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवा, सामान्य सर्जरी, स्त्री रोग, यौन रोग, नाक कान र घाँटी, आँखा परिक्षण, दाँत, मुटु रोग, बाल रोग, मानसिक रोग, हार्डजोर्नी तथा नशा र छाला रोग लगायतको निशुल्क परिक्षण गरिने छ।

उक्त बृहत दुइदिने सेवामा आधारभूत औषधिहरु पनि निशुल्क रुपमा प्रदान गरिने भएको छ। कुनै क्रिटिकल सर्जरी र त्यस्तै खाले रोगहरुको भने काठमाण्डौ मेडिकल कलेजमा रिफर गरिनेछ। यसरी रिफर गरिएका बिरामी तथा रोगीहरुको उपचारमा अवस्था हेरी सो कलेजले ५०% सम्म छुट दिने कुरा पनि जनाइएको छ।