NRNA Official Seal/Logo

NRNA:गैरआवासीय नेपाली संघले नुवाकोटमा हेल्थ क्याम्प र अन्य कार्यक्रम गर्ने

Hollywood Khabar February 19,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघले अन्तराष्ट्रिय महिला दिवस २०१९ को उपलक्षमा विभिन्न कार्यक्रमहरु गर्ने कुरा संघको अन्तराष्ट्रिय महिला संयोजक रजनी प्रधानले हलिउडकखबरलाइ जानकारी दिएकी हुन्।

संयोजक प्रधानले अन्तराष्ट्रिय महिला दिवसको उपलक्षमा यो बर्ष संघको महिला फोरमले विश्वभरिनै थुप्रै कार्यक्रम गर्न लागिएको जानकारी गराइन। यस बर्षको महिला दिवसको थिम SAY NO TO DOMESTIC VIOLENCE रहेको बताइएको छ। प्रधानले महिलाका लागि यो दिवस मनाउंदै गर्दा नेपाली महिलाहरुको हिँसाको अन्त्य गर्न सबैको आवाज, सहयोग, संलग्नताको लागि अनुरोध गमेत गरेकी छन्।

यो पटक गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, महिला फोरमले काठमाण्डौ लगायत विश्वका बिभिन्न ठाउँमा बिबिध कार्यक्रमहरुको आयोजना समेत गरिएको जानकारी गराइन। नेपालमा भने यसपटक नुवाकोट जिल्लामा हेल्थ क्याम्प र शिक्षा जस्ता केहि गतिबिधि गरिने भएको छ।

फेब्रवरी २७, २०१९ का दिन लंखु गाउँपालीकामा महिला शसक्तिकरण तथा क्षमता अभिबृद्धी संबन्धि तालिम संचलान गरिने छ। सो तालिमबाट दुइदर्जन भन्दा धेरै महिलाहरु लाभान्वित हुने अनुमान गरिएको छ।

त्यसैगरी २८ फेब्रवरी २०१९ मा दुप्चेश्वर गाउँपालिकाको राउतबेसी वर्ड # ३ मा दुइदिने निशुल्क हेल्थ क्याम्प संचालन गरिनेछ। यो सेवामा महिलाहरुको स्वास्थ्य त्यसमा बिशेष गरि पाठेघर (आङ खस्ने) रोग तथा नाक-कान घाटी संबधि परिक्षण सेवा प्रदान गरिने छ। यहाँ महिला तथा बालबालीकाहरुलाई फोकस गरिने छ।

फेब्रवरी २८, २०१९ मा दुप्चेश्वर गाउँपालिकाकै काकेश्वरी उच्च माध्यमिक बिधालयमा स्वास्थ्य शिक्षा संबन्धि बिशेष कार्यक्रम गरिनेछ। यसमा छात्राहरुको हाइजिन संबन्धि फोकस गरिने कुरा संयोजक प्रधानले जानकारी दिइन।

मार्च १, २०१९ मा दुप्चेश्वर गाउँपालिकै शिखरबेसी वडा # ७ मा महिला तथा बालबालिकाहरुलाई फोकस गरेर सोहि प्रकृतिको हेल्थ क्याम्प संचालन गरिने छ।

यसैगरी मार्च १, २०१९ मा सोहि गाउँपालिकाको बच्चाला उच्च माध्यमिका बिधालय, शिखरबेसीमा स्वास्थ्य शिक्षा संबन्धि कार्यक्रम गरिने भएको छ।

कार्यक्रम संबन्धि तयारी भैसकेको, खबर पनि सबैलाई गरि सकिएको अब केवल होस्ट मात्र गर्न बाँकी रहेको कुरा गाउँपालीका उपाध्यक्ष अन्जु आचार्यले बताइन। उपाध्यक्ष आचार्यले गैरआवासीय नेपाली संघ, महिला फोरम, काठमाण्डौ अफिस कर्मचारी र गाउँपालीकाबीच संमन्वयकारी भूमिका खेलिदिएकोमा खुशी व्यक्त गर्दै हलिउडखबर र गैरआवासीय नेपाली संघलाइ हार्दिक धन्यवाद पनि प्रदान गरिन।