NWGN California Chapter, Women's Day Program 2017

NWGN क्यालिफोर्नियाले नारी दिवस विशेष कार्यक्रम गर्ने

Hollywood Khabar February 03,2017 Comments

NWGN संस्थाको क्यालिफ़ोर्निया च्याप्टरले बिगत केही वर्ष देखि बार्षिक रुपमा अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना गर्दै आएको छ। यसबर्ष १ सय ७ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई भव्य र सभ्य ढंगले मनाउने निर्णय गरिएको कुरा संस्थाकी क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुस्मिता सिजापतिले जनाउनु भएको छ।

कार्यक्रममा सहभागी भै भव्यरुपमा सम्पन्न गर्न कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष सिजापतीले सबैलाई आग्रह गर्नुभएको छ।

कार्यक्रम:

मिति: मार्च ११, २०१७ शनिबार

समय: साँझ ५ बजे

स्थान: बर्कली एडल्ट स्कुल

1701 San Pablo Ave,

Berkeley, CA 94702

टिकट: मात्र $15 (दश बर्ष भन्दा मुनिकालाई निशुल्क)

नोट: प्रेस ID सहित रिपोर्टिङ्मा आउनुहुने पत्रकारहरुको लागि प्रेसपासको ब्यबस्था गरिएको छ।