-बोस्टनमा NRNA अमेरिका र NWGN ले ११० औं नारी दिवस मानाउदैं

बोस्टनमा NRNA अमेरिका र NWGN ले ११० औं नारी दिवस मानाउदैं

Hollywood Khabar February 13,2020 Comments

यही आंउदो मार्च ८ आइतवार गैर-आबासिय नेपाली संघ अमेरिका ( women participation & empowerment committee) र NEGN बोस्टन New England च्याप्टर को संयुक्त आयोजनामा ११० औं अन्तराष्टृय नारी दिवस भब्यताका साथ मनाइने तयारी रहेको छ।

उक्त दिनको अबसरमा महिलाका बिभिन्न मुद्दाहरुमा प्रश्ट्याउने तथा महिला शसक्तिकरण्, सहभागिता, र प्रबासमा महिलाका समस्या, भूमिका बिषय लगायत छलफल र अन्तर्कृया त्यो दिनको मुख्य आकर्षक बिषय रहनेछन्! कार्यक्रममा बिभिध अरु आकर्शक बिषयहरु पनि रहनेछन्! सास्कृतिक कार्यक्रमका साथ निशुल्क खानाको पनि ब्यबस्था गरिएको गैर आबासिय नेपाली संघ अमेरिकाकी महिला सम्योजक दिक्षा बस्नेतले जानकारी दिनु भएको छ।

सहभागीतामा सहकार्य र हातेमालो आजको आबश्यकता हो भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै सम्पुर्ण अमेरिका बासी दिदिबहिनीहरुलाई उपस्थितिको निम्ती अनुरोध गर्दै पुर्वी अमेरिकामा हुन लागेको यो बृहत भेलामा भाग लिन र अन्तराष्टृय नारी दिवसलाई सभ्य र भब्य बनाउन NWGN New England chapter र (NRNA women participant & empowerment committee) यहाँहरु सबैलाई निमन्त्रणा गर्दै यहाँहरुलाई स्वागत गर्न आतुर रहेको एब्ं महिलाका Issue लाई बुलन्द पार्न सह्भागीताको लागी अपिल र अनुरोध गर्दछौं।