-नेवा:नख:न्युयोर्कको छैठौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न

नेवा:नख:न्युयोर्कको छैठौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न

Hollywood Khabar September 08,2019 Comments

नेवा:नख: न्यूयोर्कको आयोजनामा, नेपाल संवत ११३९ यंलाथ्व नवमी (Saturday, 7 September 2019) का दिन, न्यूयोर्कमा छैठौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ।

नेवा: गुभाजु (पुरोहित) श्री समान्त बज्राचार्यज्यूले नेवा: बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख: का प्रथम उपाध्यक्ष श्री महेन्द्र बिर बज्राचार्यज्युले कर्ता भै सहयोग गरी पुजा गर्नु भएको थियो।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ४ जना बालिकाहरु सेलिन श्रेष्ठ, आन्या श्रेष्ठ, अंकिता श्रेष्ठ र टिस्सा महर्जनहरू सहभागी रहेका थिए भने कार्यक्रममा सहभागी बालिकाका अभिभावक-आफन्तकहरूएबम बिभिन्न संस्थाका प्रतिनिधि, पत्रकार र अतिथीहरू गरी सयौं जना जतिको उपस्थिति थियो।

नख:का महा सचिव डा. नरेश मान शाक्यज्यूले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागत गरी कार्यसमितीका पदाधिकारीहरूको परिचय बाट सुरू गिरिएको उक्त कार्यक्रममा नख:का अध्यक्ष विष्णु मान प्रधान, प्रथम उपाध्यक्ष महेन्द्र बिर बज्राचार्य, महा सचिव डा नरेश मान शाक्य सह-कोषाध्यक्ष सुजन श्रेष्ठज्यूहरूले ईही गर्ने बालिकाहरूलाई सहभागिताको प्रशंसाको प्रमाण-पत्र प्रदान गर्नुभएको थियो। अन्तमा, अध्यक्ष प्रधानले कार्यक्रममा उपस्थित सबै अभिभावक, अतिथी, पत्रकार, संस्थाका प्रतिनिधि र सहयोगीहरूलाई धन्यवाद ब्यक्त गर्नुका साथै, सबै सहभागी बालिकाहरूलाई मायाँको चिनो बितरण गरी उहाँहरूको उज्जल भबिष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।

नख:का सचिव संगीता मुखिया छोचूं, सदस्य नम्रता प्रधान, श्रुती अमात्य, लघु शाक्य, अनिता बज्राचार्य, मैना बज्राचार्य, कान्ति डंगोल, कमला प्रधान र मोहिनी कर्माचार्यहरूले पुजा तयारी र सगुन वितरण गरेका थिए, संस्थाका सल्लाहाकार अजय मान छोचूं, सदस्य महेन्द्र कुमार बज्राचार्य, गौतम कर्माचार्य, पूर्ब कोषाध्यक्ष दिपक कुमार प्रधान, जेनिश कर्माचार्यहरूले अतिथीहरूको सत्कारगरी समय बजी खुवाएका थिए भने मुनिन्द्र बज्राचार्यले कार्यक्रमको फोटोग्राफी गरेका थिए।

नेवा: नख:न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

अमेरिकाबाट नेपाल सम्म गएर ईही गर्दा धेरै खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवा: नख: न्युयोर्कका अध्यक्ष विष्णु मान प्रधानले जानकारी दिनुभयो। यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परा समेत संरक्षण र प्रबर्दन हुने उहाँको भनाई थियो।