सबु सापकोटा/३० मार्च २०१९/शनिवार
न्युयोर्कको कुईन्समा रहेका नेपाली बालबालिकाहरूका लागी ३० मार्च बाट नेपाली भाषा कक्षा ल्याफ्राकसिटीको लाईब्रेरी हलमा शुरू भएको छ।
आमाबाबुसँगै बिदेशमा रहेका बालबालिका जो आफ्नो नेपाली भाषा शुद्ध बोल्न र लेख्न जान्दैनन् उनीहरूलाई लक्षित गरी कुईन्स नेपलीज लायन्स क्लवद्वारा सो कक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
विशेष गरी न्युयोर्कको कुईन्समा रहेका नेपालीहरूका आवाजलाई समेट्दै सोही स्थान वरपरका बालबालिकाहरूलाई मध्यनजर गरि आजबाट नेपाली भाषा कक्षाको सुरूवात गरिएको क्लवका अध्यक्ष लायन पुरूषोतम पन्थीले बताउँनुभयो ।
सो कार्यक्रमको औपचारिक उद्घघाटन कार्यक्रममा बोल्दै क्वीन्स नेपलिज लाइन्स क्लबका पूर्व अध्यक्ष मंगलदाश श्रेष्ठले बालबालिकाहरूलाई क्रमश: क-ज्ञ, अ-अं बाट शुरूवात गरि भाषा, नैतिक शिक्षा, संस्कार र दैनिक जिवनमा आवश्यक ज्ञानका बारेमा प्रशिक्षण गरिने बताउनुभयो । आज शुरूवातको दिन सम्पूर्ण थापा, आर्यन श्रेष्ठ र आस्था भण्डारीले बालबालिकाहरुलाई कक्षामा सहजीकरण गर्नुभएको थियो छ ।
सो नेपाली भाषा कक्षामा सहभागीताको लागी आज नै करीब ३० जना बालबालिकाहरूको नामावली दर्ता भएको छ । दर्ता भएका बालबालिकाहरूको लागी कपी कलम पनि बितरण गरिएको थियो। ४ बर्षदेखि १९ बर्षसम्मकालाई सिकाइने उक्त कक्षामा नेपाली भाषा कक्षा हरेक शनिवार दिनको ३ बजे देखी ४.३० बजे सम्म संचालन हुने पन्थीले जानकारी दिनुभयो। आफ्नो बालबालिकाहरूलाई नेपाली भाषा कक्षामा सहभागी गराई नेपाली भाषा सिकाउँने अवसर लिनका लागी क्लवद्वारा सोही कार्यक्रममार्फत सबै अभिभावकहरूलाई बिनम्र अनुरोध गरिएको छ।
साथै नेपाली भाषा कक्षामा भोलेन्टियर गर्न चाहनुहुने स्वयमसेवकहरूले पनि क्लवका अध्यक्ष लायन पुरूषोतम पन्थी वा अन्य सदस्यहरूसंग सम्पर्क गर्नको लागी समेत अनुरोध गरिएको छ ।
अध्यक्ष पन्थीले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा क्वीन्स नेपलिज लाइन्स क्लबका पूर्व अध्यक्ष मंगलदाश श्रेष्ठ, जिपी मेमोरियल फ़ाउण्डेशनका महासचिव सुरेन सापकोटा, लायन सुनिता श्रेष्ठ, दोश्रो उपाध्यक्ष बाबुराम गुरुङ, लायन राजेन्द्र खड्का, साहित्यकार कमला प्रसाई लगायतले कार्यक्रम सफलताको शुभकामना सहित मन्तब्य राख्नुभएको थियो ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...