https://www.youtube.com/embed/PWWlHv53le8

-न्युयोर्कका युवा गायक रोकेश गुरुङको थाकी सके गीत सार्वजनिक

न्युयोर्कका युवा गायक रोकेश गुरुङको थाकी सके गीत सार्वजनिक

Hollywood Khabar January 31,2020 Comments

विजय थापा,डिसी

न्युयोर्कका युवा गायक रोकेश गुरुङको नयाँ म्युजिक भिडियो (संगीत श्रब्य दृश्य) सार्वजनिक भएको छ। उक्त गीत गीति संग्रह एल्बम मायाबाट निकालिएको हो।

गत जनवरी ३१ का दिन उक्त गीत बजारमा आएको हो । गायक गुरुङले स्वयं शब्द रचना गरेका हुन् भने सङ्गीत उनले दिएका छन्। उक्त नया गीतलाई निर्देशन,सम्पादन तथा छायाँकन मिलन थापाले गरेका छन्। उक्त श्रब्य दृश्य (भिडियो) मा कलाकारहरुमा पार्वती गुरुङ तथा स्वयम गायक रोहित गुरुङले अभिनय गरेका छन् ।

न्युयोर्कमा बस्दै आएका गुरुङ काठमाडौं इन्टरटेनमेन्टका संस्थापक हुन्। उनी गायन, संगीत, लेखनमा रुचि राख्छन्।उनी मनाङ समाज अमेरिकाका अध्यक्ष छन् । उनी नेपाली डीजेका रूपमा चर्चित छन् । उनले थुप्रै कार्यक्रम प्रस्तुत गरिसकेका छन्। उनी गिटारिस्टका रूपमा अमेरिकामा फिरोज स्याङ्देन, एड्रियन प्रधान, नरेन लिम्बू, दिवस गुरुङका कार्यक्रममा सहभागी भएका छन्।