गैंडाले आक्रमण गर्दा कुमालको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 07 Oct 2019

71 views
-गैंडा

२० असोज, चितवन । चितवनमा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाललाइ पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा निगुरो टिप्न जाँदा आइतबार साँझ गैंडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।