-सांकेतिक तस्विर

न्यूरोडका व्यापारीले अनुगमन टोलीलाई बोरामा बाँधेर रन्जना कम्पलेक्सबाट खसाल्ने धम्कि दिए

Hollywood Khabar September 18,2019 Comments

२ असोज, काठमाडौं ।दशैंको मुखमा लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि गरिएको सूचना पाएपछि अनुगमनमा गएको वाणिज्य विभागको टोलीलाई काठमाडौंस्थित  न्यूरोडका व्यापारीले  बोरामा बाँधेर रन्जना कम्पलेक्सबाट खसाल्ने धम्कि दिएका छन्। व्यवसायीले रन्जना कम्प्लेक्सको कपडा होलसेलमा अनुगमन गर्न पुगेको वाणिज्य विभागको टोलीलाइ दुर्व्यवहार गर्दै व्यवसायीले बोरामा बाँधेर कम्पलेक्सबाट खसाल्ने धम्की दिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले  बताए । विभागको टोलीले मूल्यसूची नराखेका, खरिद बिल बिजक नभएका ४ वटा पसललाई जनही ५० हजार रुपैयाँका दरले जारिवाना गरेपछि व्यवसायी अनुगमन टोलीमाथि खनिएका हुन् ।