https://www.youtube.com/embed/8cjwTRzATxE

ओकलेर आगो कविताको पहिलो चलदृष्य

ओकलेर आगो कविताको पहिलो चलदृष्य सार्वजनिक

Hollywood Khabar October 11,2018 Comments

सर्वज्ञ वाग्ले/अमेरिका
बुक सेलरले प्रकाशनमा ल्याएको कवि बिकास थापाको चौथो कविता संग्रह ओकलेर आगो भित्र रहेको एक चर्चित कविता हो “बुझ्नै सकिनँ आज तिमिलाई”।

उक्त कविता माथि बनेको नेपाली कविताको पहिलो चलदृष्य कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना र निर्देशनमा उक्त चलदृष्य केही हप्ता अगाडी चोभारमा छायाँकन गरिएको थियो।

नेपाली कविता बिधालाई थप उचाईमा पुर्याउनको लागी नै यो चलदृष्यको निर्माण गरिएको भन्नु हुन्छ निर्देशक हेमप्रभास । उक्त चलदृष्य यूट्यूब मार्फत सबैले हेर्न सक्ने गरि शुक्रबार देखि बाहिर आएको छ ।हेमप्रभासको निर्देशन ,संगीतकार सुदीप सागरको सुमधुर संगित रहेको यस कविताको चलदृष्यको सिनेम्याटोग्रामफर बिरेन्द्र भाट "बिपिन" हुनुहुन्छ भने नायक पुष्पल खडका र बर्षा शिवाकोटिको उत्कृष्ट अभिनय रहेको छ ।

संसारमै कविताको सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तर भएको उदारण र इतिहास खासै छैन । यस भन्दा अघि केही प्रयासहरू नभएका भने होइनन्। तैपनि ती प्रयासहरू पुर्णतय प्राबिधिक र सिनेम्याटिक हुन र छन् भनि दावा गर्ने कुनै आधार छैनन् । कविता सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तरित हुनको लागी केही कुराहरू अपरिहार्य छन् ।

त्यो प्रक्रिया पुरा हुनको लागी न्यूनतम पनि चलदृष्यको स्क्रिप्ट ,प्रस्तुति शिल्पसज्जा, साउन्ड डिजाइनिङ, म्यूजिक कम्पोजिसन, मिक्सिङ, एडिटिङ, फ्रेमको एस्पेक्ट रेसिओ, स्क्रिन डिरेक्सन, कुनै सिनेमामा अभिनय गरिसकेका स्टार कलाकारहरूको अभिनय रहेको हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा कविता सिनेम्याटिक प्रक्रिया अनुसार लेखिएको हुनुपर्छ । भनाईको अर्थ कविताको बिम्व भित्र दृश्यहरू हुन पर्छ र बिम्वहरू दृष्यसँगै चलायमान हुन जरुरी छ।

यी सबै कोण , पक्ष र प्रक्रिया पुरा भएको छ भने मात्र उक्त कवितालाई सिनेम्याटिक प्रक्रिया अनुसार चलदृश्यमा रुपान्तरित भएको कविता मान्न सकिन्छ । कविता सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तरित हुनु अघि त्यसको प्रबिधिक पक्ष बारे गहिरो ज्ञान हुन जरुरी हुन्छ।

कविताको सिनेम्याटिक चलदृष्यमा रूपान्तरण नेपाली साहित्य र नेपालि कविता बिधामा यो पहिलो र नितान्त नौलो प्रयोग हो । यो चलदृष्य भोलिका दिनमा बिभिन्न भाषामा अनुवादित भएर डिजिटल प्रबिधि मार्फत संसारभर पुग्दा यसले नेपाली कविता र नेपाली साहित्यलाई अबश्य पनि एक शिखरमा पुर्याउने छ।

संभवत यो नेपालको पहिलो सिनेम्याटिक बिधि र प्रक्रिया अनुसार तयार भएको कविताको पहिलो चलदृष्य हो ।