-देउबालाइ संसदबाट आवश्यक भन्दा धेरै विश्वासको मत प्राप्त, ओली पक्षले पनि देउबालाई भोट दिए

देउबालाइ संसदबाट आवश्यक भन्दा धेरै विश्वासको मत प्राप्त, ओली पक्षले पनि देउबालाई भोट दिए

Hollywood Khabar July 18,2021 Comments

नेपालको संबिधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री बनेका शेर बहादुर देउबाले संसदबाट आवश्यक भन्दा धेरै १६५ मत ल्याएका छन्।

जुलाई १८, २०२१ आइतबार अदालतको परमादेश अनुस्रुप बसेको संसदको बैठकको पहिलो दिनमा नै विश्वासको मत लिएका देउबालाइ यस्तो मत प्राप्त भएको हो। दोस्रो पटकको प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभाको बसेको पहिलो बैठकमा जम्मा २४९ मत मध्ये प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे थियो। भएन १ तटस्थ र ८३ मत विपक्षमा परेका थिए। मतदानपछि प्रतिनिधिसभाका सभामुख अग्‍नि सापकोटाले सो कुरा घोषणा गरेका हुन् ।

सभामुख सापकोटाले घोषणा गरे अनुसार मतदानमा २४९ उपस्थित भएका थिए। प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका हुन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन्।