-एमालेकी नेतृ रामकुमारी झाक्री

अध्यक्ष केपी ओलीले राजिनामा दिएपछि अनि मात्र पार्टीमा एकता हुन्छ

Hollywood Khabar July 30,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टीबाट अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन्।

जुलाई ३१, २०२१ शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन्।जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।

प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने पनि उनले बताएकी छन्। दुई-दुई पटक संसद् विघटन गर्ने प्रतिगमनकारीकी जनादेश? एउटै पार्टीमा उभिएपछि एउटै धारणा हुनुपर्छ कि पर्दैन? यदि प्रतिगमनकारी हो भने त्यहीँ पार्टीलाई शीरमा राखेर बस्न सक्छौँ कि सक्दैनौँ? प्रतिगमन होइन भने प्रतिगमन हो भनेर हामी संसद्मा विद्रोह गरेर अदालतसम्म पुग्नेहरु त्यो पार्टीको सदस्य हुन्छन् कि हुँदैनन् ? आफूहरु पार्टी एकता विरोधी होइन। अब पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्छ। यी सबै प्रश्नहरुको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने उनले जिकिर गरिन।