प्रधानमन्त्री ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिना बीच भेट

Hollywood Khabar August 28,2018 Comments

१४भाद्र,काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल केन्द्रीत भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन बिहिबार बिहान हसिना राजधानी आइपुगेकी हुन् ।