-ओम जैसीलाइ चलचित्रकर्मी सम्मान

पिम नेपाल फिल्म फेस्टिवलमा ओम जैसी सम्मानित 

Hollywood Khabar January 24,2020 Comments

१२ माघ,काठमाडौं।चलचित्रक्षेत्रको बिकाश र बिस्तारमा उल्लेखनिय भूमिका खेलेको भन्दै काशी सिनेप्लेक्स प्राली सिद्धार्थनगर रुपन्देही र मन काशी सिनेप्लेक्स प्रालि घोराही दाङका अध्यक्ष ओम जैसीलाइ चलचित्रकर्मी सम्मान प्रदान गरिएको छ।धनगढीमा आयोजित पिम नेपाल फिल्म फेस्टिवल २०७६मा  जैसीलाई चलचित्र प्रदर्शनका माध्यमबाट नेपाली कला,साहित्य एवं संस्कृतीको सम्बर्धन प्रबर्धन  एवं संरक्षण गरि चलचित्र क्षेत्रको बिकाश र बिस्तारमा उल्लेखनिय भूमिका खेलेको भन्दै जैसीलाई चलचित्रकर्मी सम्मान प्रदान गरिएको हो।

धनगढीको फिल्म फेस्टिवलमा उद्योग पर्यटन तथा वातावरणमन्त्रि  माया भट्ट , पीम नेपालका अध्यक्ष  माधवराज खरेल ,पिम नेपाल फिल्म फेस्टिवल २०७६का अध्यक्ष कमला जोशी लगायतले जैसीलाई चलचित्रकर्मी सम्मान प्रदान सम्मान प्रदान गरेका हुन्।