एउटा मात्र भिजन सोच्ने हो भने पनि जनजीवनमा कायापलट आउँथ्यो

Hollywood Khabar June 07,2017 Comments

कृष्ण के सी
हरेक व्यक्ति, ठाउँ र देशको राम्रो प्रगति भएको कुराको इतिहास हेर्ने हो भने कतै न कतै क्रेजी आइडियाले काम गरेको छ। सुरुमा सुन्दा पागलपाना, बहुलठ्ठी लाग्ने भिजन स्टेटमेन्ट अन्तत दुनियाँलाइ चकित पार्ने सफलताको सुन्दर शिखर हुँदोरहेछ।
माथि फालेको कुरा तल झर्छ, मिलाएर फालेन भने आफ्नै टाउकोमा बज्रन्छ भन्ने त म जस्तो बिज्ञान नजान्ने लाटोलाइ पनि थाहा छ। तर न्यूटनको त्यही सोचले दुनियाँलाइ के के मात्र प्राप्त भए त्यो भने मेरो बुताको कुरा होइन फिजिक्सका ज्ञाताले बताएका छन्।
सिंगापुरको प्रशाशकले सुरुमा डिक्टेटर नभएको भए यत्ति छिट्टो त्यो सुन्दर देश उच्च स्तरमा हुने थिएन। स्टिभ जबलाइ पनि सुरुमा दुनियाँले नपत्याको अवस्था हो। यस्ता कथा त फेसबुकका फ़ाउण्डर मार्क देखि अरु धेरैका छन।
एउटा भिजन भएको व्यक्ति नै सफल लिडर हुन सक्छ। नेपाली समुदायमा चाहिँ त्यसो नभएकोले ७० वर्ष पुग्दा पनि न प्रजातनत्र बलियो छ न जनताको आर्थिक-सामाजिक स्तर उक्सेको छ। नेपाली समुदायले कहिलै पनि त्यो रुपमा सोच्ने गरेको छैन। यस अर्थमा इतिहासले के प्रमाणित गरेको छ भने हाम्रो नेपाली कम्यूनिटी लर्निङ् कम्यूनिटी होइन।
अमेरिकामा नेपालीहरुको धेरैजसो संस्थाको स्थापनाको २५ औं, ५० औं वर्ष भयो भन्छन तर पनि हविगत उस्तै छ। किन ?
नेपालीहरुले राम्रो कमाइ गरेर घर किनेका छन्, ब्यबसाय किनेका छन् तर तिनै व्यक्तिले चलाएको संस्था ओरालो लागेको छ, किन ? घर, ब्यबसाय उनीहरुको भिजन भित्र पर्छ। उनीहरु निर्दिष्ट रुपमा यो ठाउँमा यति सम्मको घर, यो समय भित्र किन्ने र त्यो ऋण तिर्न के कस्तो आम्ब्दानी गर्ने त्यो जान्दछन।
भिजन स्टेट्मेन्ट राम्रोसंग दिन सक्नेले काम पनि सफल गर्छ। जो आफ्नो भिजनमा स्पष्ट छ त्यो तेतैतीर लम्कन्छ। अन्तत फल पाउँछ। संस्था या देश या कुनै पनि अवस्थाको भिजन स्टेटमेन्टले के हुने भनेर देखाउँछ।
अचम्म मान्नु पर्दैन ऐलेको दुनियामा कुन ठाउँ कस्तो छ भनेर गुगल गरेर हेर्न सकिन्छ। राजा महेन्द्रको पालामा बनाएको नेपालको प्रशासनिक विभाजन ऐलेका समयमा हजार गुणा प्रविधि प्रयोग गर्दा पनि त्यो रुपमा मिलाएको अस्वस्था छैन। किन ?
राजा महेन्द्रमा एउटा भिजन थियो-हरेक काम ज्ञाताबाट गराउने। हरेक काम उनले जानिफकारबाट गराएका छन्। गीत गाउने, जुवाघर बनाउने, ब्यबसाय सुरु गर्ने, सेना-प्रहरी जस्ता बिशेष कुरा मात्र होइन अन्य साना-साना कुरा पनि ज्ञाताबाट गराएका छन।
ऐलेका राजनैतिक पार्टीहरुले आफ्नो जीत-हारको स्वार्थ राखेर प्रशाशनको बिभजन गर्ने, अनावश्यक रुपमा देशलाई स्वार्थको लागि संघिय रुपमा लैजाने निर्णय गरे। हरेक कुरामा स्वार्थ राख्ने, निर्णय ज्ञान र प्रबिधिबाट होइन राजनीतिबाट गर्ने गरेपछि कसरी हुन्छ त रामो। ऐलेको गाउँपालिका र नगरपालिकाको मिलानमा पनि त्यही गन्ध आएको छ। 
एउटा नेताको भिजन-बीपी कोइरालाको छाप्रेहरुलाई हेरेर देशको योजना बनाउनु भन्ने कुरा हरेक काँग्रेसीको फेसबुक र घरका भित्तामा होलान। तर त्यो कुराको अर्थ एउटाले पनि दिएको छैन। त्यसतर्फ एक इन्च पनि काम गरेको छैन। मेरो बझाइमा बिपीको त्यो कुराको व्याख्या सजिलो थियो र छ- “तल्लो स्तरका आर्थिक अवस्था भएका परिवारहरुको आर्थिक स्तर उकास!”
कतिपटक काँग्रेस सरकारमा गयो त्यो गन्न औंला नै भाच्नु पर्ने भएको छ। फेरी पनि पार्टी सभापति शेर बहादुर देउबा प्रधानमन्त्री हुनुभएको छ। उहाबाट खासै उपलब्धी भन्दा पनि कुन बेला भड्खारोमा हाल्ने हो भन्ने धरमरको स्थिति हो। खै त बीपीको कुरा पुरा गरेको, खै त्यो तल्लो स्तरका परिवारको आर्थिक स्तर उकासेको ? एउटा पनि भिजन छ त देउबाजी? एउटा प्रहरीको आइजीको लागि बिधि-बिहान तोड्ने व्यक्तिबाट देशको उपलब्धि हुन्छ भन्नुभन्दा पनि दुर्गतिको प्यारमिटरले नाप्नु पर्ने पक्का छ कि देश कति तल जाला भनेर।
सरकारले राष्ट्रिय योजना आयोगलाइ कम्तिमा पनि एउटा मात्र कुरा योजना गर्न दियो भने पनि जन-जीवनमा कायपलट हुन्थ्यो। “हरेक नेपालीको घरमा मासिक रुपले कम्तिमा पनि १०/२० हजार क्यास आम्दानी कसरी गर्ने?”
अमेरिकामा रहेका नेपालीहरुको संस्थाको पनि हालत उस्तै हो। एउटा पनि भिजन छैन, अनि ३० औं वर्षको इतिहास भए पनि उस्तै छ। कतिले मानविय सहयोग उठाएर दुरुपयोग गरेको टड्कारो नजिर छ हामीसंग।  संकट, झगडा र काम नगर्ने अनि पद चाहिने। भिजन छैन अनि गतिबिधि भने १९५० तिर जे देखे त्यही गर्दै छन। होइन भएन फर्केर हेर्नुहोस काम भनेको पिक्निक आयोजना, चाडबाड-पर्व बस भयो। कुनै यस्तो भिजन होस्- “५० जना नयाँ ब्यबसायी हुने, १००० नयाँ नेपाली यूवाहरुलाई आइटी क्षेत्रमा योग्य बनाउने, सुचना केन्द्र बनाउने, नेपालीको कल्चरल क्यालेन्डर बनाउने, हजारौ जना उच्च पदिय मर्यादामा पुर्याउने” आदी इत्यादी, भिजन खै? जे योजना गरिन्छ त्यो नै पुरा गर्ने हो, अनि नतिजा पनि रोपेकै अनुसार फल्ने हो। जब रोपेकै छैन भने फल कताबाट आउंछ?
कम्तिमा पनि एउटा मात्र कुरा नेपाली जनताको स्तर उकास्ने कुरा नेपाल सरकारको भिजनमा भएको भए दुनियाको जनजीवनमा कायापलट हुन्थ्यो। नेपाली अमेरिकी संस्था अझै भनौ NRNA अमेरिकामा पनि कतिधेरै व्यक्ति छन् उनीहरुले आफ्नो पदिय काम नै गरेका छैनन् फेरी पनि अर्को टर्ममा आकांक्षी भएका छन्। केवल एउटा मात्र भिजन भए पनि कायापलट हुन्छ। यहाँ त ५/७०० संघ-संस्था छन्, अझै पनि हालत उही छ।  किन ?
“फिल्टर गरौँ- कृष्णार्पन”