- नि:शुल्क प्राथमिक उपचारको लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक एवं अभियन्ता ओमप्रसाद उप्रेती

पाँचौ चरणको नि: शुल्क प्राथमिक उपचार तालिम अभियान ९ जिल्लामा हुँदै 

Hollywood Khabar December 22,2019 Comments

७ पुस,काठमाडौं।प्राथमिक उपचार तालिमको सामान्य ज्ञानको अभावमा कसैले पनि अकालमा ज्यान  गुमाउन नपरोस् भन्ने उदेश्यले पाँचौं चरणको  नि:शुल्क प्राथमिक उपचार तालिम आगामी पुष १६ गतेदेखि बिभिन्न जिल्लामा संचालन हुने भएको छ। योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीद्वारा प्रदान गरिदै आएको नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणको तयारी पूरा भएको छ । नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी जनवरी १, २०२० देखि नेपालका थप ९ जिल्लाहरुमा आयोजना हुन लागेको अभियन्ता, परिकल्पनाकार तथा प्राथमिक उपचारको लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक उप्रेतीले बताएका छन् ।

पाँचौ चरणको तालिमको लागि विभिन्न जिल्लाहरुमा क्रियाशील सामाजिक/शैक्षिक/व्यावसायिक /स्वास्थ्य संस्थाहरुलाई तालिम संयोजनका लागि आह्वान गरे अनुरुप सबै व्यवस्थापन भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले बताएका छन् ।तालिमका संयोजक रामप्रसाद ढुंगेलले यसपालिको तालिमका लागि युएईका सामाजिक तथा अन्य संस्थाहरुले सहकार्य गरेको र नेपालका नौ जिल्लाहरुमा तालिम हल र प्रशिक्षार्थीहरुको व्यवस्थापन भएको बताए ।युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाजले यो अभियानलाई उच्च महत्त्व दिएको र नेपालमा रहेका आफ्ना सदस्यहरुलाई प्रत्यक्षरुपमा सहयोग गर्ने बताएको अध्यक्ष गोविन्द ढकालले बताए।

इनास युएईले पनि युएईबाट देश र जनताको सेवाको लागि उप्रेतीले अतुलनीय योगदान गरेको बताउदै  कलाकारहरुले उच्च प्राथमिकताका साथमा सहकार्य गर्ने अध्यक्ष राम तामाङले जानकारी दिएका छन् ।आफ्नो व्यावसायबाट व्यस्त समय निकालेर आफुले जानेको ज्ञान र सीप नि:शुल्क बाँड्ने ओम उप्रेतीको अभियानलाई नेपाल पत्रकार महासंघ युएई शाखाले नजिकैबाट हेरिरहेको बताउदै अध्यक्ष लक्ष्मण खनालले युएईमा रहेका पत्रकारहरु र महासंघका नेपालमा रहेका शाखाहरुलाई जानकारी दिने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।चितवनमा जन्मेर देश र जनताको  सेवामा रातदिन योगदान गरिरहेकोमा समग्र देशले ओम उप्रेतीप्रति गर्व गर्नुपर्ने बताउदै चितवन समाज युएईले पनि सहकार्य गरिरहेको अध्यक्ष गणेश न्यौपानेले बताएका छन् । 

 कहाँ कहाँ हुँदै छ तालिम ? 

पाचौं चरणको पहिलो तालिम आगामी पुस १६, बुधबार, सप्तरी जिल्लाकोनरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज-१६ मा हुने संयोजक  नितेस दासले जानकारी  दिएका छन् । तेस्तै दोस्रो दिनको तालिम सिरहामा पुस १७, बिहीबार,  जिल्ला समन्वय समिति हल, सिरहामा हुने सुरेस र दिलिप साहनीले बताएका छन् ।तेसैगरी तालिम अभियानको तेस्रो दिन  धनुषा जिल्लामा पुस १८, शुक्रबार, शुभकामना प्रशिक्षण केन्द्र,जनकपुर उपमहानगरपालिका-८ दस्था नगरमा हुने संयोजक शत्रुधन प्रसाद यादवले बताएका छन्। तेस्तै चौथो दिन पुस १९,  शनिबार, महोत्तरी जिल्लाको सामुदायिक भवन, रामगोपालपुर नपा-०४ मा तालिम आयोजना गरिएको संयोजक शत्रुधनप्रसाद यादवले जानकारी दिएका छन् ।

यसैगरी पाचौं दिन नि:शुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा आयोजना गरिनेछ । पुस २०, आइतबार, कर्मचारी मिलन केन्द्र, गौर बजारमा हुने अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिएका छन् ।अभियानको छैटौं दिन बारा जिल्लामा पुस २१,सोमबार तालिम आयोजना गरिएको छ । बारा उद्योग वाणिज्य संघ  निजगढमा यो तालिम हुने संयोजक श्याम पौडेलले बताएका छन् । 

यसैगरी अभियानको सातौं दिन पर्सा जिल्लामा पुस २२, मंगलबार नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना गरिनेछ।वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा यो तालिम संचालक गर्ने तयारी भएको संयोजक शिवनाथ यादवले बताएका छन् ।अभियानमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा पनि नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना हुनेछ ।आगामी पुस २३, बुधबार, त्रिभुवन मावि, हेटौंडा -११, नवलपुरमा यो तालिम आयोजनाको तयारी भएको मकवानपुर जिल्ला संयोजन गरिरहेका सहजकर्ता  लछुमन काफ्लेले बताएका छन् ।दिवस पराजुली र व्यवस्थापक हेमन्त पौडेलले पनि मकवानपुरको तालिम भव्य हुने जानकारी दिएका छन् । 

नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणको प्रशिक्षण अभियन्ता ओम उप्रेतीले आफ्नै गृहनगर चितवनमा गर्ने भएका छन् । अभियन्ता उप्रेतीले बाल्यकालमा अध्ययन गरेको खैरहनी-१२ को कापिया उच्च माविमा यो तालिम आयोजना हुने अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले बताएका छन् ।आगामी पुस २४, विहिबार आयोजना हुने समापन कार्यक्रमका लागि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक निखिल उप्रेती, रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्मा लगायतका कलाकार तथा गायकगायिका उपस्थित हुने युएईमा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी नामको कम्पनी संचालक तथा यस अभियानका मुख्य प्रशिक्षक ओम उप्रेतीले जानकारी दिएका छन् । कापिया उच्च माविको तालिम कार्यक्रमका संयोजक श्री कृष्ण बर्तौलाले तालिमको तयारी पूरा भएको जानकारी गराएका छन् । 

 तालिमको उदेश्य 

मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको अवस्थामा बिरामीलाई कसरी अकालमा मर्नबाट जोगाउने जस्ता अति आवस्यक जानकारीहरु प्राथमिक उपचारभित्र पर्छन् । गाउँनै गाउँले भरिएको हाम्रो देशका सबै बस्तीमा आधारभूत स्वास्थ सेवा पुगेको छैन । हाम्रो देशमा स्वास्थ चेतनाको पनि कमी रहेको छ । यही तथ्यलाई मध्यनजर गरी युएईमा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी कम्पनीका प्रबन्ध निर्देशक तथा प्राथमिक उपचार तालिमसम्बन्धि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लन्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको तालिम लिएका चितवन खैरेनीका ओम उप्रेतीले गत २०७४ चैत १ बाट नि: शुल्क प्राथमिक उपचार तालिम अभियान शुरु गरेका हुन् । २०७४ चैत १ बाट शुरु भएको यस अभियानको पहिलो चरणको कार्यक्रम नेपालका ७ जिल्ला -चितवन, तनहुँ, धादिङ, कास्की, दोलखा, सिन्धुपालचोकमा आयोजना भएको थियो।