-पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

Hollywood Khabar October 26,2019 Comments

कृष्ण के सी/अमेरिका/हाल नेपाल/१०/२८/१९

अकुटुवर २७, २०१९ का दिन ब्यङ्ग्य कवि अर्जुन राज पन्तद्वारा रचित नेपाली सहित्यको पहिलो ब्यङ्ग्यकाब्य कोइलीको विमोचन भएको छ।

१११ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ति मनाउदै बिद्यामन्दिर पुस्तकालय बाग्लुङमा देवकोटा जयन्ति संयोजन समिति र बिद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा ब्यङ्ग्य कवि अर्जुन राज पन्तबाट रचित ब्यङग्य काब्य काेइलीकाे बिमोचन गरिएको छ।

बरिस्ठ आख्यानकार तथा समालाेचक प्रा डा भबानि प्रसाद पाण्डे भास्करबाट सो पुस्तकको बिमोचन गरिएको हो। हाल टेक्सस, अमेरिकामा रहेका काब्यकारकाे अनुपस्थितमा नै काब्यकारकी आमा तथा काब्य प्रकाशक टिका कुमारी पन्त लगाएत गण्डकी धवलागिरी क्षेत्रका बरिस्ठ साहित्यकार तथा साहित्यानुरागिकाे सहभागितामा बिमोचन सम्पन्न भएको थियो। कार्यक्रममा डा षडानन्द पौड्यालद्वारा लिखित काजी रोशनको काव्य साधना भन्ने समालाेचनाकाे समेत बिमाेचन गरियाे। दुबै कृतिको बिमोचन प्राध्यापक डा भवानी प्रसाद पाण्डेले गरेका थिए।

सो अवसरमा बोल्दै डा पाण्डेले उत्कृष्ट साहित्य मात्र समाजमा स्थापित र अमर बन्ने बताए। समाजमा बिभिन्न खाले साहित्य सृजना कसरी भएका छन त भन्ने बिषयमा चर्चा गर्दै उनले साहित्यले धार पकड्न सके मात्र समाज परिवर्तन गर्नेमा जोड दिए।

अर्जुन राज पन्तद्वारा लिखित कोइली व्यंग्यकाव्यको पुुर्ब क्याम्पस प्रमुख उपप्राध्यापक तथा नेपाली साहित्यक बिद्याबारिधी आनन्दराज शिलवालले समिक्षात्मक टिप्पणी गरेका थिए।

बिगतमा काब्यकारकाे शिक्षक समेत रहेका शिलवालले कबि तथा काब्यकारकाे कवित्व माथि प्रकाश पार्दै प्रबासमा बसेर पनि नेपाली साहित्यमा यसरी एक फरक धारकाे काब्य दिने कबिकाे कबित्वलाइ मुक्त कण्ठले प्रसंसा गरेका थिएय। उनले काेेइली काब्य भित्रका खण्ड र बिषयबस्तुहरुकाे समेत सक्षिप्त बिबेचना गर्दै भने, नेपाली सहित्यकाे काब्य बिधामा बिगतमा पनि फुटकर ब्यङ्ग्य कविता लखिन्थे। कतिपए काब्यहरुमा पनि कहि कतै ब्यङ्ग्यका बिषयबस्तु नआएका हैनन्। तर एउटा काब्य नै यसरी ब्यङ्ग्यमा आउनुलाइ नेपाली साहित्यको इतिहासमा एक नयाँ उपलब्धी भनेका छन्। बिगतमा कविशिरोमणि लेखनाथ पाैड्यालबाट नब्यकाब्यकाे रुपमा तरुण तपसी आएकाे परिबेशलाइ स्मरण समेत गरे। पहिलाे नेपाली ब्यङ्ग्य काव्यका रुपमा आएकाे यस काब्यले नेपाली काब्य समालाेचक तथा पाठकहरुमा एक नयाँ अबसर आएकाे भन्दै काेइली चराले मानबिय स्वरसँग मिल्दाे जुल्दाे गरी निकालेकाे काे हाे, भन्ने आवाज र आफु गुँड नबनाउने कागका गुँडमा बच्चा हुर्काउने चराकाे विशेषतालाई मानबिय प्रबृति सङग जाेड्दै समाजमा भुमिका र जिम्मेबारिमा फरक देखिएका सबैखाले दुबिधाग्रस्त पात्र र प्रबृति उपर तथा परिबेशले चिन्न नसकिएका र चरालेकाे हाे भन्दा समेत तर्सिनु पर्ने वर्तमान सामाजिक राजािनिक र मानबिय परिबेश उपर ब्यङ्ग्य गरिएकाे याे काब्यले सामाजिक र पारिबारिक जिबनमा एक बृहत शिक्षा दिन समेत सफल रहेकाे कुरा बताए ।

सो अवसरमा सर्जकहरु कोपीला कंडेल, चन्द्र क्षेत्री, गोबिन्द सुबेदी, सुरेन्द्र दत्त रेग्मी र तुलसीराम पाण्डे लगायतले सृजना वाचन गर्नका साथै, साहित्यकार तथा सर्जक डा षडानन्द पाैडेलबाट धौलागिरि क्षेत्रकाे साहित्यिक बिकासकाे बारेमा र उपप्राध्यापक हरि प्रसाद पाण्डेबाट काजि राेशनकाे काब्य यात्रा पुस्तककाे समिक्षा समेत गरियाे। उक्त समाराेहमा पुस्कालयका सल्लाहकार श्याम श्रेष्ठले बिद्यामन्दिर पुस्तकालयलाइ नगद रु ५५ हजार सहयाेग समेत हस्तान्तरण गरेका थिए।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, देबकोटा जयन्ती संयोजन समितिका संयोजक काजि रोशनको स्वागत मन्तब्य र बिद्यामन्दिर पुस्तकालयका सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो।

ब्यङ्ग्य कवि पन्त हरेक सामाजिक र राजनीतिक बिषयबस्तु माथि सशक्त ब्यङ्ग्य लेखन सक्ने एक युवा कवि हुन। उनका केहि समसामयिक रचनाहरु समेत यस हलिउडखबर अनलाइन पत्रिकामा एक मुष्ठ रुपमा सङ्ग्रहित गरिएको छ।

===========================================

****लेखक/कविका अन्य रचनाहरु****

डाेजर काण्ड-अर्जुन राज पन्त

https://hollywoodkhabar.com/arjun-raj-dojar

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant