-Saraswati Chaulagain

गीत:पाइन याँ काम

Hollywood Khabar April 16,2020 Comments

सरस्वती चौलागाई४/१७/२०

आफ्नो देशमा नपासी रोजगारी

आको विदेश हे आमा ऋण काढी

पाइन याँ काम, परिवार पाल्नलाई पस्या मुंलानमा, फर्केर आउँदै छु आमा नेपालमा।

 

ऋणको भन्दा जीवनको चिन्ताले

बस्नु भन्दा फर्किनु बेस ठाने

पाइन याँ काम, परिवार पाल्नलाई पस्या मुंलानमा, फर्केर आउँदै छु आमा नेपालमा ।

 

कहिले देशमा पुगिन्छ भनी

भोक निन्द्रा केही पनि नभनी

पाइन याँ काम, परिवार पाल्नलाई पस्या मुंलानमा, फर्केर आउँदै छु आमा नेपालमा ।

 

क्वारेनटाइन बसन परेनी

यो राज्यले जे सुकै गरेनी

पाइन याँ काम, परिवार पाल्नलाई पस्या मुंलानमा, फर्केर आउँदै छु आमा नेपालमा ।

 

विश्वव्यापी कोरोनाको भो कहर

फर्कि आउँछु हे आमा जन्मघर

पाइन याँ काम, परिवार पाल्नलाई पस्या मुंलानमा, फर्केर आउँदै छु आमा नेपालमा।

मेलम्ची–२, सिन्धुपाल्चोक, हाल गोकर्णेश्वर-५,काठमाडौं