-NRNA VP and President Candidate 2019 Mr. Kumar Pant

NRNA:अध्यक्षका उम्मेदवार पन्तको जित सुनिश्चित, निर्बिरोध हुने संभावना बढ्यो

Hollywood Khabar October 02,2019 Comments

कृष्ण के सी/अमेरिका/१०/३/१९

गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि अध्यक्ष पदका उम्मेद्वार कुमार पन्त काठमाण्डौ पुगेका छन्। उनि विश्वका थुप्रै देश घुमेर अन्तत संघको सम्मेलन र महाधिवेशनका लागि काठमाण्डौ पुगेका छन्।

आफ्नो स्पष्ट योजना लिएर आएका पन्तले संघलाई अगाडि कसरी लैजाने भन्ने निर्दिष्ट योजना दिएका छन्। उनका अगाडि, पछाडी अग्रज, हस्तीहरु र बिज्ञहरु छन्। उनले राजनैतिक पार्टी र गुटको निम्तो भन्दा आफ्नै गैरआवासीय नेपालीहरु, गैरआवासीय नेपाली संघका अग्रज र संघको भविष्यलाइ विश्वास गरेर अगाडि बढे। विगत १५ वर्ष देखि उनि यो अभ्यानमा भएका र पदिय रुपमा आकांक्षीहरु मध्ये सिनियर व्यक्ति पनि हुन्। उनको नीति र योजना प्रष्ट छ, संघ उनको पालामा के कसो हुने त्यो खुलस्त छ। छोटो रुपमा भन्नपर्दा पन्त संघप्रति चिन्तित छन्।

उनीसंगै सहकार्य गर्न आएका अन्य उम्मेदवारहरु पनि हरेक कारणले सक्षमा छन्। उपाध्यक्षका लागि अगाडी आएका बद्रि के सी आफैंमा संघको इतिहास बोकेका सफल अभियन्ता हुन्। त्यसैगरी उपाध्यक्षकै लागि उम्मेदवारी घोषणा नगरिएको भएता पनि छिट्टै घोषणाको तयारिमा रहेकी सपिला राजभण्डारी कामप्रति प्रतिबद्ध व्यक्ति हुन्। अर्का उपाध्यक्षका उम्मेदवार भएका हिक्मत थापा, सोनाम लामा संघको योगदानमा धेरै गनिने व्यक्ति हुन्। महासचिवका लागि आएका डा हेम राज शर्मा बिधान, नीति-बिधिको शास्त्र नै बोकेको व्यक्ति हुन्। कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ अर्का कुशल आर्थिक योजनाकार नै दरिएका छन्। सचिवका उम्मेदवार गौरी जोशी अनि सहकोषाध्यक्षका उम्मेदवार आङ् छिरी (एसी) शेर्पा संघको हरेक पाटोमा हस्तीका रुपमा दरिएका व्यक्ति हुन्। यसबाहेक अरु पनि थुप्रै व्यक्तिहरु छन्। सहकार्यमा आएका धेरै उम्मेदवार र अन्य व्यक्तिहरु छन्। उनीहरु केन्द्र देखि क्षेत्र र एनसीसी सम्म हरेक कारणले क्षमतावान, जानिफकार र प्रवल छन्।

अर्को पक्ष भनेको महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको पाटो हो। कमजोर भनिएको अमेरिकामा नै कुमार पन्तका फ्यान धेरै देखिएका छन्। अर्को महत्वपूर्ण कुरा आफ्नै होम कन्ट्री जर्मनीलाइ राम्रो पहल गरेर एनसीसीमा निर्बिरोध गर्दा उनलाई राम्रो सपोर्ट भएको छ। अष्ट्रेलियामा जमेको भनेको ठाउँमा नै शक्ति केन्द्र विभाजित छ। अध्यक्षका पन्तका प्रतिस्पर्धी कुल आचार्यको होम कन्ट्री बेलायतका प्रतिनिधि पनि कुमार पन्तका सपोर्टर धेरै देखिनु नै सबैभन्दा ठूलो जितको प्रमाण हो।

यसका अलावा अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यको बेलायतमा नै सबैभन्दा धेरै विवाद देखियो। आफ्नो घरमा आफैं कम्जोर देखिए उनि। संघ, बिधि र बिधान अनि गैरआवासीय नेपाली संघ, अग्रज र आम गैरआवासीय नेपालीमा भन्दा नेपाली काँग्रेस पार्टीको दुहा माग्नमा समय खर्चन पुगे। आचार्यको भन्दा उनको नाम भजाउनेहरुको दादागिरी फेसबुकमा देखियो। उनीहरुको हर्कत र बानि-बेहोराले दुनियाँ दिक्क भए। त्यसले उनलाई सुल्टो भन्दा उल्टो असर पार्यो।

उनिसंग खासै योजना र सल्लाहकार भन्दा राजनैतिक दन्भ पालेर बसेका केहि झुण्ड मात्र देखिए। बेलायतमा नै पछिल्लो समयमा उनको समाचार लेख्ने पत्रकार समेत पाउन छाडे आचार्यले। नेपाली काँगेसको टिम भनेर हल्ला फैलाउँदा उल्टा नेपाली काँगेस पार्टीले गैरआवासीय नेपाली संघ जस्तो सँस्थामा राजनैतिक उम्मेद्वार भन्ने कुरा नै मिलेन भन्यो।

उनको सपोर्टमा पार्टीका महामन्त्रीको नाम मुछेर समाचार लेख्न लगाउँदा महामन्त्रीको उल्टो हकाराइ खानुपर्यो। नेपाली काँगेस पार्टीले कुनै आधिकारिकता दिन नमिल्ने ठोकुवा दिएको छ। हचुवाको भरमा कलेजको युनियन चुनाव जस्तै मानेका आचार्यका अगुवा पछुवाले गर्दा अन्तमा त्यो पाटो पनि बन्द भएको छ। तर पनि नेताकोमा धाउने काम भने अलि-अलि बाँकी नै छ।

सबै बाटो सकियो, अनि संघ र योजना पनि हरायो अन्तत शुभकामनालाइ पनि समर्थन भन्ने हौडा चलाउन लगाइयो। जुन कुरा लेख्नेलाइ भन्दा पढ्नेलाइ लाज लाग्ने छ। शुभकामना, समर्थन, सपोर्ट र क्याम्पेन फरक कुरा हुन्।

सामान्य लजिकले पुग्ने कुरा- यदि वर्तमान अध्यक्ष भबन भट्टले कुल आचार्यलाइ जिताउन जति इनर्जी खर्च गर्नुपर्छ त्यो लगानीमा त उनि आफैं अध्यक्ष जित्थे। त्यसैले त्यो कुरा हावादारी नै भयो। पुर्व अध्यक्ष डा शेष घलेलाइ यो पंक्तिकारले संघ भित्रको सवालमा धेरै जनिकबाट चिन्दछ। उनले जमुना गुरुङ उम्मेद्वार हुँदा त भोट मागेर हिंडेनन भने ऐले कुल आचार्यलाइ भोट मागेर जलान भन्ने कुरा सत्य त होइन अनुमान पनि गर्न सकिन्न, यसमा कुनै तुक नै छैन। अब लेखिदिने र लेख्ने व्यक्ति नै गैरआवासीय नेपाली संघप्रति जानिफकार छैनन्, सामान्य भन्दा सामान्य लजिक पनि बुझ्दैनन। उनीहरुको टेको भनेको ढोडको लौरी भएको छ।

अन्तत, उनको लागि टोलि या टिम होइन, मिलेर जान्छु लिखिततम देउ भनेर प्रस्ताव आउने छैन भन्ने के विश्वास ? अन्तिमको तीन दिनको प्रयास र गतिले त्यसैलाई संकेत गरेको छ। होइन त्यो पनि होइन भने पनि निर्वाचनले प्रष्ट नजिता दिनेछ।

भाषणले होइन, राशनले होइन, आशनले पनि होइन, फेसबुकमा फ्लायर फाल्ने नानी-बाबुहरुको हल्लाले पनि होइन। विश्व सम्मेलन र अन्तराष्ट्रिय महाधिवेशनका प्रतिनिधिको संख्याको जोडले दिएको नतिजाले पन्तको भागमा ७० प्रतिशत देखि ७७ प्रतिशत सम्मको आंकडा दिएको छ।

अब कुरा बुझे भारी छ, नबुझे कुमार पातको पल्लाभरी छ, ज-जसले नोट गर्ने गरेर राखे हुन्छ।-कृष्णार्पण