-एनआरएनएको निर्वाचन २०२१: अध्यक्ष पन्त दोश्रो पटक रन गर्ने टक्करमा फेरी आचार्य नै

एनआरएनएको निर्वाचन २०२१: अध्यक्ष पन्त दोश्रो पटक रन गर्ने टक्करमा फेरी आचार्य नै

Hollywood Khabar February 23,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवारी २४, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिशेष महाधिवेशन जनवरी २३-२४, २०२१ मा थियो। यसका लागि २४७१ जना प्रतिनिधि मध्ये महासचिव डा हेम राज शर्माको सड्यन्त्रकरी कदमले ६/७ दर्जन जति मात्र प्रतिनिधि उपस्थिति गराइयो। अनि त्यसैलाई महाधिवेशन सम्पन्न भएको घोषणा गरियो। त्यसमा छलफल भएका बिषय एकाथरी थिए र अन्तिममा प्रवक्ताको लागि पढ्न दिइएका निचोड अर्को बनेर आयो।

बिज्ञानका पिएचडी भएकाले मात्र होइन संघमा सुरुका दिन देखि लागि परेकाले गत निर्वाचनमा उहाँलाइ जिताउन यो लेख्दै गर्नेर व्यक्तिले पनि थुप्रै जिकिर गरेर लेखेका कुरा अझै सुरक्षति छन। मत मागेका कुरा र परिचय गराएका कुरा सामान्य नै भए। तर बिजयी भएपछि उहाँबाट संघलाइ एकलौटी बनाउने काम चल्दै गयो। त्यसैका कारण संघ र संबद्धपक्ष हैरान थियो र छ।

२०१९ को निर्वाचनमा वर्तमान अध्यक्ष कुमार पन्तको चुनावमा सूचना र संचारतर्फको प्रमुख व्यक्ति म आफू थिएँ। उसो त एनआरएनए अन्तराष्ट्रिय निर्वाचनमा २०१५ मा शेष घले, २०१७ मा जमुना घले गुरुङको लागि पनि सचिवालय इन्चार्च नै भए सघाएको हो। यस्ता हस्तीले मलाइ त्यो तहको कामको जिम्मेवारी दिनु र मैले पनि त्यसलाई निर्वाह गर्न सक्नु मेरो लागि गौरवका कुरा हुन्। यसमा मैले दु:ख मान्नुपर्ने, लुकाउनु पर्ने, डराउनु, पछुताउनु, खुइय गर्नुपर्ने जस्ता एक पनि कारण छैनन। यो एकदम ब्याबसायिक, बौद्धिक र राजनैतिक ट्याक्टिसको जिम्मेवारी हो। यस्ता काम गर्नेलाइ अमेरिकामा राष्ट्रपतिले पनि प्रवक्ता र संचार टिमका प्रमुख जिम्मेवारी दिने गर्छन।

यसैबीच महासचिव शर्माको गत बिशेष महाधिवेशनलाइ लिएर वर्तमान कार्यसमिती मात्र होइन पूर्व अध्यक्ष र थुप्रै अग्रजहरु नै सन्तुष्ट हुनुहुन्न। झन् ILO सँग ग्राण्ट लिएर जुन घोटाला गरियो, महासचिव नै त्यसमा संलग्न देखियो त्यसबाट त दुनियाँमा हामी गैरआवासीय नेपाली सबै लज्जित हुनुपर्यो। त्यसको कारण वर्तमान अध्यक्ष कुमार पन्तले जुन प्रेशर भोग्नु पर्यो अनि अध्यक्ष कुमार पन्तलाइ सोच्न बाध्य गरायो।

त्यसैले गर्दा उहाँ दोश्रो कार्यकालमा रन गर्न सल्लाह गर्दै हुनुहुन्छ। यसको हिन्ट मलाइ जनवरी ३१, २०२१ शनिबार दिनको १२:४९ मा मिलेको हो। उहाँ अर्को कार्यकालमा रन गर्नु उहाँको आफ्नो निर्णय हो, यसमा कुनै अनर्थ देखिंदैन।

यसपूर्व गत २०१९ को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी पूर्व उपाध्यक्ष कुल आचार्यले पनि आफू २०२१ मा पनि प्रतिस्पर्धी हुन तयारी गर्दै हुनुहुन्छ। यो पटक जोडदार तयारी भएको कुरा उहाँसँग नजिक रहेकाहरुले बताएका छन्। कुल आचार्यसँग डा केशब पौडेल, जानकी गुरुङ लगायत वर्तमान कार्यसमितीका थुप्रैले सहकार्य बताइन्छ।

उसो त उपाध्यक्ष डा बद्रि के सीले आफू कुनै पनि हालतमा अध्यक्षको प्रत्यासी रहेको कुरा मलाइ नै बताउनु भएको हो। यति मात्र होइन जो सुकै मैदानमा आएपनि आफू पछि नहट्ने उहाँको जानकारी मलाइ छ। त्यो तयारी पनि गर्नुभएको छ। तर मैदानको क्यूमा आकांक्षी उपाध्यक्षहरु सोनाम लामा, रबिना थापा, मन के सी र अर्जुन श्रेष्ठ पनि रहेको कुरा भने नकार्न सकिन्न।

जे सुकै भएता पनि अन्तिम टक्कर भने एक भन्दा धेरैजना अध्यक्षका लागि प्रतिस्पर्धी हुने कुरा प्रारंभिक रुपमा अनुमान गर्न सकिन्छ। अझै पनि भन्नुपर्दा, अध्यक्ष भएकाले तयारी गतिलो रुपमा गर्ने भएकाले कुमार पन्तको रहने छ। त्यसैगरी जित्नका लागि पछिल्लो १६ महिनाको तयारीले गर्दा कुल आचार्यको मजबुत प्रतिस्पर्धा हुनेछ।

त्यसैले परिवेश फरक, समय फरक र संघका मुद्दा फरक भएता पनि प्रमुख टक्कर चाहिँ २०१९ कै प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यबीच नै हुनेछ। त्यस बाहेक अग्रजहरुको समर्थन कतातिर रहन्छ त्यसले पनि भूमिका खेल्दछ। मन नपर्ने तर भन्ने पर्ने कुरा के हो भने राजनैतिक समर्थन। यो पटक यी दुबैजनाले राजनैतिक पार्टीको समर्थन लिइरहनु पर्ने जरुरत छैन। अध्यक्ष पन्तलाइ नेकपाको एक गुटले र कुल आचार्यलाइ कांग्रेसले चिन्दछन।