-Dikshya Basnet-Khaptadi

कोरोनाको महामारीपछि परदेशीहरुलाई आफू बाँचेर देश टेक्ने रहर छ

Hollywood Khabar April 19,2020 Comments

दिक्षा बस्नेत-खप्तडी/४/२०/२०

बिश्वलाइ बहसमा राख्न सक्ने अनेक थरिका शक्तिपीठ र यन्त्र, जेट, यान्, छेप्यास्त्र, देखी अत्याधीक आधुनिक हतीयारको इत्यादी। त्यो सबै देखिर मलाइ लागेको थियो हामी मानिसहरुले दुनियाँ जितेछौँ, अब जित्ने कुनै कुरा र युद्ध छैन।

तर नदेखेको दुश्मन र मन-मुटाव परेको आफन्तले लुकेर, गुरिल्ला गरेर र झुक्याएर धोखा दिन्छन भनिन्छ। तर हामी बिज्ञान र बिकाशको चरम सिमामा पुगेको मुलुकको सानो कोठाबाट कोरोनाको डरले झ्यालको सानो प्वालबाट बाहिर सुर्यको किरण चिहाइरहेका छौं।

हाम्रो इतिहास गौरब, अहम र उत्साहजनक नै थिए र हुन पनि। तर प्रश्न उब्जिन सक्छ कि हरेकको मनभित्र, जिबन एउटा रहरको खेती झैं बांचेको हुन्छ या खुशीको प्रष्फुटन पनि जोडिएर आएको हुन्छ ? जीवन त एउटा मलजल, गोड्मेल अनि मौसमको तातो न्यानो, सबैखाले प्रकृतिसँग फक्रीरहुं जीवन होस्। तर आज लाखौं जिबन कोरोना र त्यसका संक्रमणले गांजेर मृत्युसँग लडिरहेको कारुणिक समाचारहरु हेर्दै जिएको छ जीवन। अनि यसैको कारण उत्पति भएको सामाजिक र पारिवारिक दुरीभित्र जेलिएको जिन्दगी मिनेट-मिनेटमा कोरोना लाग्यो कि भन्ने सन्त्रासमा पुगिएको छ।

३-४ महिना अगाडि सम्म मलाइ संसार जित्ने विरासतमा छु भन्ने भान हुनथाल्यो। तर अहिले बिश्वजगत आज बांच र बचाउ भनेर घरका कुनाकुनाबाट चिच्याए जस्तो लाग्न थाल्यो। आभास हुन थाल्यो की यो जीवन र जगत जाबो एउटा अति-सुक्ष्म भाइरसको नियन्त्रणमा चलेको छ। अनि म त्यो ठुलो र गौरवको देशको एउटा सानो कोठामा कोरोनाबाट डराएर थुनिएको जिन्दगीमा छु।

यसैबीच हामी नेपाली समुदायमा अर्को खाले विचलित बिधि बिनाकारण अहमता देखाएर र बेतुकका घमण्डको लडाइ बल्झेको छ, आरोप र छिर्की हान्ने प्रवृति कायम नै छ। यो भयनाक महामारीसंग पौठाजोरी खेलिरहेको अवस्थामा आफ्ना सन्तनालाई सम्झेर धेरैजना बा र आमाहरुको प्रेसर बढेको होला। ति बुढी आमाहरु गुन्युका सप्काले आंशु पछ्तै होलान। यसै समयमा म आफू पनि चुप बस्न सकिन, प्रबासमा रहेर मुलुकको आर्थीक खम्बा बनेका हरेक नेपालीहरुको तर्फबाट संदेश प्रबाह गर्न मनलाग्यो। उसैपनि पराइको भूगोल भर्न रहर कसैलाई हुदैन। नत मुलुकबाट टाढा हुन नै मन हुन्छ।

जब मन्दिरैमन्दिरको शहर छोडेर ठुलो प्लेन चढेर मात्रीभूमी छोड्छौ अनि छाती गरुङ्गो भएर आउछ। सक्कली कहानी त तब सुरु हुन्छ। परदेशीलाई घरको चिन्ता घरकालाई परदेशीको। ती सेता कपाल फुलेका आमाहरुको सन्तान माथिको भरोसा सम्झदै कसैको घरमा अशुभ समचार नपुगे हुन्थ्यो भन्ने कामना गर्दैछु। सजिलै अहिले घरबास र प्रबासको पिडालाई केलाउन सकिन्छ। मान्छेकै लाहपरबाहीबाट सजिलै फैलिने यो रोग ठेट औषधीको खोजिमा रहेको अवस्थामा सम्पुर्ण आ-प्रबासी नेपालीलाइ पक्कै आफ्नो शरिरको भन्दा बढी मुलुकको चिन्ता छ। मुलुकमा टेकेर आफन्तहरुसँग भेटेर ठुलो स्वास फेर्न मन छ। भवागनले यो कामना चांडै सुनिदिउन।

के यस्तो महामारी हाम्रो पुस्ताले मात्रै भोगेको हो, प्रश्न जरुर उठेको छ। विश्वो स्वास्थ्य संघको (WHO) को अध्ययन र तथ्यांक अध्य्यन अनुसार स्पानिस भाइरसलाइ छोडेर बिश्वलाइ तहसनहस पारेका मध्य कोरोना यो पांचौ महामारी हो।

यस अघि नै एचआइभि-एड्सले १९७६ मा प्रजातान्त्रीक गणतन्त्र कङोबाट एडस रोगको पहिचान भनेको थियो। १९८१- २०१२ सम्म ३ करोड ६० लाख मानिसको यो रोगबाट मृत्यु भएको र हालसम्म ४ करोड भन्दा बढी संक्रमित छन्।

ब्ल्याक डेथ-प्लेगको महामारीले १४ औं शताब्दिमा युरोपमा झण्डै एक तिहाइको ज्यान गएको थियो। सन १३४६ तिर फैलिएको यो रोग युरोप्, अफ्रीका, एसिया महादेश, हुँदै करीव २० लाख मानिसको ज्यान लिएको थियो।

हैजा महामारी रोगबाट बिश्वभरी सन १३४६ ताका १० लाख र १९९० यताको तथ्यानङ्क अनुसार ८०-९० लाख मानिसको ज्यान गएको थियो।

फ्लुजन्य माहामारीबाट सन १९९८ जुलाई १३ मा हङकङमा देखिएको यो भाइरस १७ दिनभित्र सिङापुर् र भियतनाम हुँदैं ३ महिना पछि भारत्, फिलिपिन्स्, संयुक्त राज्य अमेरिका हुँदै युरोप, अफ्रीका, अष्ट्रेलिया फैलिएको थियो। यसबाट करीव १० लाख मानिसको ज्यान गएको थियो।

पाचौं महामारी कोरोना भाइरस रोग चिनको हुवान शहरबाट सन २०१९ को डिसेमबरबाट फैलिएको हो। अहिले सम्म बिशवभरी २४ लाख भन्दा बढी संक्रमित र १ लाख ६६ हजारभन्दा बढिको ज्यान गएको जानकारी देखिन्छ र यो संख्या बढ्दो छ। १९१८ देखी लगभग २ देखी ५ करोड् मानिसको ज्यान यस्ता किसिमका महामारीबाट भएको बिश्व स्वास्थ्य सघ्ंको तथ्यांकमा उल्लेख छ।

त्यसैले, यी माथिका तथ्यांबाट सिकौं, कोरोना मजाक होईन शरीरमा भित्र्याउन सजिलो तर त्यसपछि जिउनको लागि लड्न गार्हो छ। पैसा र शक्तिलाई भगवान ठान्नेहरुले पनि कोरोना महामारीबाट धेरै पाठ सिकेको अवस्था छ। सेवा भाबले बांचौ धन, दौलत, मान सम्मान, पद, पैसा, अलिसान यी सबै मृत्युको सैयाबाट सुखभोग गर्न नसकिने ज्वलन्त उदारहरण अहिलेको बिषम परिस्थितीको माग हो।

अप्ठ्यारो क्षणमा सहयोग सानो या ठुलो समय र आबश्यक्ताले मापन गर्दोरहेछ। कोरोना कुनै पाप होईन न अभिशाप नै हो। कुनै कुकर्मको फल पनि होईन। अपराधिक कामको प्रतिफल पनि होईन। एउटा बिश्वब्यापी रुपमा फैलिएको महामारीबाट तपाईं हामी कोही अछुत रहुंला या नरहुंला। तर सकुन्जेल बांच र बचाउको अभियान मानबिय धर्म हो। भोली कसैले देखेको छैन।

अमेरिका लगायत धेरै मुलुकमा धेरै नेपाली परिवारमा कोरोनाबाट अप्रिय घटना घटिरहेका छन। थाहा नै नपाइ आफुलाई सिध्याउने यो घडी सानोतीनि संकटको घडी होईन। त्यसैले संक्रमित हुनबाट जोगिऔं। संक्रमित नै भैइयो भने पनि नलुकाउँ, ताकी आफ्नो नजिकका अरु मानिसको ज्यान खतरामा नपरोस। झनै हामी प्रबासमा रहेका नेपालीलाई बांचेर फेरी देश टेक्ने रहर छ। यती लेख्दै सम्पुर्ण कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु। मृतकहरुमा हार्दीक श्रद्दान्जली अर्पण गर्दछु।