-परराष्ट्रमन्त्री भए लगत्यै डा नारायण खड्का न्यूयोर्क प्रस्थान

परराष्ट्रमन्त्री भए लगत्यै डा नारायण खड्का न्यूयोर्क प्रस्थान

Hollywood Khabar September 21,2021 Comments

नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन्। बुधबार सपथ ग्रहण गरेर पदभार लिएपछि लगत्यै उनि संयुक्त राष्ट्रसंघमा भाग लिन न्यूयोर्क लागेका हुन्।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो। परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क गर्नेछन।

सपथ ग्रहण लगत्तै मन्त्री डा खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिनका लागि न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जान लागेका खड्काले त्यहाँ आयोजना हुने महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन्। परराष्ट्रमन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो।साथै संयुक्त राष्ट्रसङ्घको महासभामाको सहभागी हुने भन्ने पनि अन्यौल थियो। पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खड्काले न्यूयोर्क भ्रमणका बेला अमेरिकी अधिकारीहरुसँग एमसीसीबारे कुनै छलफल नहुने बताएका थिए।