-परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

Hollywood Khabar October 09,2021 Comments

लण्डन, अक्टुवर ९, २०२१

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद निरुपणका लागि दिएको पछिल्लो निर्देशनलाई लिए भ्रम उत्पन्न गर्ने प्रयास सुरु भएको छ ।

संस्थापन पक्षका केही पदाधिकारीले पूर्वनिर्धारित मितिमै निर्वाचन भएका केही एनसीसीहरुमा पनि मन्त्रालयले पुनः चुनाव गर्न निर्देशन दिएको भन्दै भ्रम छर्ने काम गरेका छन् । संघको विधानमा उल्लेख भएको र आइसीसीको सहमतिमा फरक मितिमा निर्वाचन गरिएका एनसीसीहरुमा पुनः चुनाव गर्न नपर्ने परराष्ट्र श्रोतले बताएको छ ।

खासगरी सदस्यता, महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन तथा एनसीसीको निर्वाचन प्रक्रियालाई लिएर मन्त्रालयको पत्रमा केही देशको नाम उल्लेख गरिएको छ । मन्त्रालयले शुक्रबार संघलाई पठाएको पत्रमा जापान, जर्मनी, बेलायत, रुस, अमेरिका, डेनमार्क, फ्रान्स, अष्ट्रिया र पोर्चुगलको नाम उल्लेख छ ।

जर्मनी र जापानको मुद्दा फरक छ भने अन्य देशको विवाद फरक छ, मन्त्रालयका एक अधिकारीले भने, 'फरक फरक विषयलाई फरक रुपमै सम्बोधन गर्नुपर्छ, यसको अर्थ सबै एनसीसीमा पुनः निर्वाचन गर्नुपर्ने भन्ने होइन ।

बेलायतको अधिवेशन जुलाई २५ मै भएको थियो । जुलाई २८ बाट निर्वाचन प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिले मतदान मात्रै अगस्ट २ र ३ मा गराएको थियो । आइसीसी सचिवालयसँगको समन्वयमा नै बेलायतको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

त्यस्तै आइसीसीले तोकेको भन्दा अघिल्लो महिनामा नै अमेरिकाको निर्वाचन भएको थियो । अमेरिकाको आफ्नै विधानले तोकेको कार्यकाललाई आइसीसीले स्वीकृत गरेपछि अमेरिकामा जुलाई अगावै निर्वाचन भएको थियो ।

जर्मनी र जापानमा पुनः निर्वाचन गर्नैपर्ने

सदस्यताको विवाद रहेका जर्मनी र जापानमा भने पुनः निर्वाचन गर्नैपर्ने हुन्छ । विधान विपरीत विद्यार्थीहरुलाई सदस्यता दिएको र सोही सदस्यताका आधारमा मतदानमा सहभागी गराएको पाइएपछि मन्त्रालयले ती देशको निर्वाचन बदर गर्न निर्देशन दिएको हो । एनआरएनएको विधान अनुसार विद्यार्थी भिसामा रहेकाहरुले सदस्यता लिन पाउँदैनन् ।

केही पदाधिकारी र ती पक्षधरले बेलायतमा पुनः निर्वाचन हुने भनेर भ्रम फैलाइरहेका छन्,' एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने, निर्वाचन समितिले आइसीसीसँगको समन्वयमा नै निर्वाचन गरेको हो, फेरि निर्वाचन गर्नुपर्ने हुँदैन, भ्रममा पर्नु जरुरी छैन ।

त्यस्तै एनसीसी यूकेका उपाध्यक्ष नारायण कंडेलले भने, परराष्ट्रको चिठीले आइसीसीको काम गर्न प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको हो । जहाँसम्म एनआरएन युकेको सवाल छ, हामीले जुलाईभित्रै अधिवेशन गरेका छौं र विधान अनुरुप चुनाव पनि गरेका छौं। त्यसैले फेरि चुनाव गराउने भन्ने प्रश्नै उठ्दैन।

संस्थापन पक्षका केही पदाधिकारीले अमेरिकाबाट चयन गरिएका डेलिगेट्सको विषयमा विवाद झिकेका थिए । नयाँ कार्य समितिले डेलिगेट्स चयन गर्नुपर्ने भएपनि आइसीसी सचिवालयले पुरानो कार्यसमितिबाट ६५ प्रतिशत डेलिगेट्स चयन गर्नुपर्ने बताएपछि त्यहाँ विवाद भएको हो ।

पोर्चुगलको विवाद दुई वटा फरक फरक समिति बने भन्ने हो । आइसीसीले तोकेको निर्वाचन अनुगमनकर्ताको उपस्थितिमा भएको निर्वाचनको बदलामा पराजित पक्षले छुट्टै समिति घोषणा गरेर विवाद सिर्जना गर्न खोजिएको हो । संस्थापन पक्षले पराजित पक्षलाई नै उचालिरहेको छ । निर्वाचनमा सहभागी भएर पराजित भएपछि नयाँ छुट्टै कार्य समिति घोषणा गर्नेहरुलाई कारबाही गर्नुको सट्टा सचिवालय मुकदर्शक बनेपछि पोर्चुगलको विवाद लम्बिएको हो ।

डेलिगेट्स चयन विवाद

फ्रान्स, अष्ट्रिया, डेनमार्कको विवाद पनि डेलिगेट्स चयनसँग सम्बन्धित छ । अघिल्लो कार्य समितिले नै पठाएको सूची सचिवालयले सदर गरेपछि ती मुलुकमा विवाद भएको हो । 'नयाँ कार्य समितिले पठाएको सूची सदर गर्नासाथ ती मलुकको विवाद सुल्झिन्छ,' संघका एक पदाधिकारीले भने । 'परराष्ट्र मन्त्रालयले पत्रमा विवाद रहेका देशको नाम उल्लेख गरेकै आधारमा पुनः निर्वाचन गराउनुपर्ने हुँदैन, विवादको विषय के हो भनेर फरक रुपमा सम्बोधन गर्नुपर्छ,' उनले भने ।

केही देशमा डेलिगेट्स विवाद छ, केही देशमा सदस्यता विवाद छ, सदस्यता विवाद भएका देशमा पुनः निर्वाचन गराउनुपर्छ भने डेलिगेट्सको विवादमा नयाँ कार्य समितिले गरेको सिफारिस स्वीकृत गर्नुपर्छ, यो मापदण्ड अपनाए सबै विवाद क्षणभरमै सुल्झिन्छ, ती पदाधिकारीको भनाइ छ ।

उपाध्यक्ष बद्रि केसी बसोबास गर्ने मुलुक रुसमा भने जुलाई ३१ पछि पनि सदस्यता खुला राखेर थप गरिएको विवाद छ । जुलाई ३१ भन्दापछि थपिएको सदस्यता स्थगित गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको विधानकै गलत व्याख्या गर्नेहरुले अहिले परराष्ट्रको पत्रको पनि गलत व्याख्या गर्न खोजेको देखिएको छ ।

संबन्धित थप चमाचार

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर