-पर्वत मेरो गाउँ

पर्वत मेरो गाउँ

Hollywood Khabar March 25,2019 Comments

दिल कुमार श्रेष्ठ/दोहा, कतार

कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरुले आफ्नै गाउँ जन्मभुमि जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो। आफ्नै गाउँछिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज मनाए ।

हावा चलेको चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो। सामाजिक सद्भाव सत्कारसंगै आफ्नादाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्यार्ड यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो। पर्वतेहरु नेपाली कलामा पञ्चेवाजामा तालमाताल मिलाउदै कम्मरमकाएको दृश्य हेर्न लायक थियो । रमाइलो गर्ने क्रमलाई जोड्दै समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रमा पुराना विषेश सहयोगी, कार्यसमिति र निर्वाचन समितिलाई सम्मान पत्रले सम्मान गरेको थियो। रमाइलोका लागी करिव १०० को हाराहारीमा देखिएका पवतेहरुको अनुहारमा खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो। सामाजिक सेवामा आफ्नो कदमलाई अगाडीबढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पुरा गर्यो।

समाजको साथ र सहयोगको लागी आफु सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि भट्टराईले पर्वतेहरुको प्रगतिको खुलेर तारिफ गरे। जिल्लालाई एतिहासिक सफल ब्यबसायिक स्थान रहेको बताए। त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका सस्ंथापक सदस्य भुपति भट्टराई रहेका थिए। उपस्थिति सम्पूर्णदर्शक अतिथिहरुलाई सस्थाका प्रथम उपध्यक्ष श्याम न्यौपानेले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सिेनाले गरेका थिए।