-तस्बिर साभार वेब

पर्यटकलाई बन्धक बनाएर लुट्ने ८ जना पक्राउ परे

Hollywood Khabar November 12,2019 Comments

२८,कार्तिक, काठमाडौं।नेपाल घुम्न आएका भारतीय पर्यटकलाई बन्धक बनाएर लुट्ने ८ जना पक्राउ परेका छन्।उनीहरुले दिल्लीबाट नेपाल घुम्न आएका ६ जना मध्ये ३ जनालाई ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएर शारीरिक यातना समेत दिइएको पीडितले जाहेरी दिएका छन्।पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन्।

रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए ।लुटेराले काठमाडौं छाडेनौं भने मार्दिन्छु भनेर धम्कि दिएपछि काठमाडौं छोडेर गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेको जाहेरीमा उल्लेख छ ।महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए ।व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए ।