Hollywoodkhabar advertisement

पत्रकार खातीलाई धम्क्याउनेप्रति गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा खेद प्रकट

-पत्रकार खातीलाई धम्क्याउनेप्रति गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा खेद प्रकट

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए एनसीसी डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार महेश खातीलाई फोनबाट गालीगलौज गरेको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघले खेद व्यक्त गरेको छ।

एनआरएनए एनसीसी डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकता भन्ने शिर्षकमा enepalkhabar.com मा समाचार प्रकाशित भए पछि शनिबार राती १० बजेतिर खड्काले खातीलाई फोन गरी अभद्र शब्दहरु प्रयोग गर्दै धम्क्याएका थिए।

एनआरएनए जस्तो सामाजिक संस्था र त्यसको नेतृत्वको काम कारवाहीको विश्लेषण गर्दै समाचार लेखेकै कारणले डेनमार्कमा क्रियाशील यस महासंघका सहकोषाध्यक्ष पत्रकार महेश खाती विरुद्ध खड्काले प्रयोग गरेको भाषाले हामीलाई स्तव्ध बनाएको छ ।

कुनै पनि समाचारका बिषयमा आफ्ना भनाई राख्न पाउने र सार्वजनिक रुपमा खण्डन गर्न पाउने अवस्था रहंदारहंदै फोन गरेर धम्क्याउने शैली एनआरएनएको मर्यादा अनुकूल नरहेको हामीले महसुस गरेका छौ, महासंघका महासचिव कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक संस्थाका बारेमा सामाचार प्रकाशित हुनु सामान्य विषय हो। एकजना क्रियाशील पत्रकारलाई धाकधम्की दिने, अमर्यादित अभिव्यक्ति दिने जस्तो गैरजिम्मेवार कार्यका लागि माफी माग्न हामी खड्कालाई आग्रह गर्दछौं।

आगामी दिनमा पनि उहाँले यस्तो व्यवहार नसच्याए उहाँ विरुद्ध कारवाही गर्न एनआरएनए केन्द्रलाई लेखि पठाउने जानकारी गराउंछौं। डायस्पोरामा संघर्ष गर्दै कार्यरत नेपाली पत्रकारहरु र प्रवासी नेपाली समुदायबीच निकट सम्पर्क र सहकार्य हुनु पर्छ भन्ने हाम्रो मान्यता छ।यदि कुनै पनि कारणले असमझदारी उत्पन्न भएमा आपसी छलफल र संवादद्वारा समस्याको समाधान गर्न पनि हामी अपिल गर्दछौं," विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिको पूर्ण पाठ

समाचार लेखेकै कारण धम्की दिनेप्रति हाम्रो ध्यानाकर्षण भएको छ !

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर एक संचारकर्मी विरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रिएको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

एनआरएनए जस्तो सामाजिक संस्था र त्यसको नेतृत्वको काम कारवाहीको विश्लेषण गर्दै समाचार लेखेकै कारणले डेनमार्कमा क्रियाशील यस महासंघका सहकोषाध्यक्ष पत्रकार महेश खाती विरुद्ध खड्काले प्रयोग गरेको भाषाले हामीलाई स्तव्ध बनाएको छ।

कुनै पनि समाचारका बिषयमा आफ्ना भनाई राख्न पाउने र सार्वजनिक रुपमा खण्डन गर्न पाउने अवस्था रहंदारहंदै फोन गरेर धम्क्याउने शैली एनआरएनएको मर्यादा अनुकूल नरहेको हामीले महसुस गरेका छौ ।

सार्वजनिक संस्थाका बारेमा सामाचार प्रकाशित हुनु सामान्य विषय हो। एनआरएनए डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकता भन्ने शिर्षकले अध्यक्ष खड्काको व्यक्तिगत छविमा आँच नआउने हाम्रो ठहर छ। तर पनि एकजना क्रियाशील पत्रकारलाई धाकधम्की दिने, अमर्यादित अभिव्यक्ति दिने जस्तो गैरजिम्मेवार कार्यका लागि माफी माग्न हामी खड्कालाई आग्रह गर्दछौं। आगामी दिनमा पनि उहाँले यस्तो व्यवहार नसच्याए उहाँ विरुद्ध कारवाही गर्न एनआरएनए केन्द्रलाई लेखि पठाउने जानकारी गराउंछौं।

डायस्पोरामा संघर्ष गर्दै कार्यरत नेपाली पत्रकारहरु र प्रवासी नेपाली समुदायबीच निकट सम्पर्क र सहकार्य हुनु पर्छ भन्ने हाम्रो मान्यता छ। यदि कुनै पनि कारणले असमझदारी उत्पन्न भएमा आपसी छलफल र संवादद्वारा समस्याको समाधान गर्न पनि हामी अपिल गर्दछौं।

कृष्ण केसी

महासचिव

गैरआवासीय नेपाली पत्रकार महासंघ

जुलाई २७, २०२१

 

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----