Hollywoodkhabar advertisement

नेका बरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति जनसम्पर्क अमेरिकाको घोर निन्दा एवं भर्त्सना

-नेका बरिष्ठ नेता रामचन्द्र पौडेल
0
shares

तनहुँ जिल्ला व्यास नगरपालिका वार्ड नं ९ र ११ जोड्ने बुल्दी खोलामा पुल उदघाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेललाई प्रशासनले गरेको दुर्व्यवहार र गिरफ्तारी जस्तो तानाशाही एवं कायरतापूर्ण हरकतप्रति नेपाली जनसम्पर्क समिति अमेरिका गंभीर आपत्ति प्रकट गर्दै उक्त लोकतन्त्रविरोधी, अधिनायकवादी कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ।

नेपाल सरकारसॅंग वरिष्ठ नेता रामचन्द्र पौडेलको विना शर्त रिहाइको जोडदार माग गर्दै विेश्वभर रहनुभएका आम लोकतन्त्रवादी जनसमुदायसॅंग उक्त कुकृत्यको विरूद्ध एकजुट भई आवाज बुलन्द पार्न समेत हामी आव्हान गर्दछौं।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

धनन्जयनरसिंह केसी

सभापति

नेपाली जनसम्पर्क समिति अमेरिका, १२/२/२०