Hollywoodkhabar advertisement

पीसीआर परीक्षण सहज भएका मुलुकबाट मागे जति उडान अनुमति दिइने

-पीसीआर परीक्षण सहज भएका मुलुकबाट मागे जति उडान अनुमति दिइने
0
shares

नेपाल सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ। उपरान्त कोरोनाको पीसीआर परीक्षण सहज भएका मुलुकबाट मागे जति उडान अनुमति दिइने भएको छ। तर राखिएको सर्तहरुमा यात्रुको पीसीआर नेगेटिभ हुनुपर्ने, पीसीआर बाहेक विधिबाट जाँच भएका या जाँचै नगरेका यात्रुलाइ ७ दिन काठमाडौंका होटल क्वारेन्टाइन राखिने छ बताइएको छ।

 

त्यसैगरी पीसीआर सहज नभएका श्रम गन्तव्यमा अलपत्र नेपालीलाई पनि अब स्वदेश फर्किन सहज गरिएको छ। विदेशस्थित कुनै कम्पनीले आफ्नो खर्चमा उसँग रहेका कामदारलाई नेपाल फर्काउन चाहेमा त्यस्तो प्रस्तावलाई पनि प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ भनेर मन्त्री योगेश भट्टराईको हवाला दिएर कान्तिपुर न्यूजले उल्लेख गरेको छ।