-बच्चाहरुको लागि P-EBT क्यालिफोर्नियाको निवेदन गर्ने म्याद १५ जुलाई सम्म थप

बच्चाहरुको लागि P-EBT क्यालिफोर्नियाको निवेदन गर्ने म्याद १५ जुलाई सम्म थप

Hollywood Khabar June 22,2020 Comments

हलिउडखबर/क्यालिफोर्निया/६/२३/२०

स्टेट अफ क्यालिफोर्नियाले बच्चाहरुको लागि प्याण्डमिक इलेक्ट्रोनिक बेनिफिट ट्रान्सफर अर्थात P-EBT कार्ड प्रदान गरेको छ।

P-EBT कार्ड बच्चाहरुलाइ निशुल्क खानाको लागि दिइएको हो। सो कार्ड पाउन निवेदन गर्ने म्याद जुन ३० बाट थपेर जुलाइ १५ २०२० सम्म गरिएको कुरा स्टेट अफ क्यालिफोर्नियाले जानकारी दिएको छ। जो बच्चाहरुको लागि निवेदन गरेका छैनन् उनीहरुले तुरुन्त निवेदन गर्न सक्नेछन। जुन ३० सम्म भनिएकोमा साइट ओभर हेल्मिङ्गका कारण जुलाई १५ सम्म थप गरिएको जनाइएको छ।

P-EBT कार्डको लागि निशुल्क या सुपथ मूल्यमा स्कूल फूडको लागि प्रयोग हुनेछ। यसबाट P-EBT स्वीकार्ने फेसिलिटीहरुमा खाने कुरा खरिद गर्नको लागि पनि प्रयोग गर्न सकिनेछ। प्रति बच्चा $३६५ कार्डमा हुनेछ।

हाल सम्म ३ मिलियन परिवारले निवेदन गरेका र P-EBT प्राप्त गरिसकेका छन्। स्टेट डिपार्टमेन्ट अफ सोसल सर्भिसका अनुसार अझै पनि ८ लाख बच्चाहरु यसका लागि निवेदन गरन योग्य छन्। मेलमा प्राप्त हुने कार्डमा P-EBT को लेबल हुन्छ। P-EBT को अर्थ Pandemic Electronic Benefit Transfer हो। क्यालिफोर्नियाले १. १ बिलियन डलर स्कूल बच्चाहरुको लागि छुट्ट्याएको छ। कुनै समस्या भएमा कस्टमर सर्भिस 877 328-9677 मा हप्ताको सातै दिन २४ सै घण्टा सम्पर्क गर्न सकिनेछ। यति मात्र होइन सर्भिसमा धेरैवटा भाषामा पनि सेवा लिन सकिनेछ।