तस्बिर साभार वेब

पेट्रोलियम पदार्थको मूल्य घटायो

Hollywood Khabar March 31,2020 Comments

१९ चैत,काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा १०–१० रुपैयाँले घटेको हो।निगमको सञ्चालक समितिको बैठकले गरेको मूल्य घटाउने निर्णय अनुसार अब पेट्रोल लिटरको ९६ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ८५ रुपैयाँ पर्नेछ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।