Hollywoodkhabar advertisement

क्यालिफोर्नियाका १५ काउण्टीमा सोमबार बिहान पावर आउट हुन सक्ने

-क्यालिफोर्नियाका १५ काउण्टीमा सोमबार बिहान पावर आउट हुन सक्ने
0
shares

प्यासिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनि (PG&E) ले क्यालिफोर्नियाका १५ काउण्टीमा डिसेम्बर ७, २०२० सोमबार बिहान पावर आउट हुन सक्ने जानकारी दिएको छ।

वाइल्ड फायरको खतरा हुन सक्ने मौशम अनुमानका कारण सोमबार बिहान देखि केहि समय पब्लिक सेफ्टीको लागि पावर आउटेज हुन सक्ने जानकारी दिएको छ। सो आउटेज मंगलबार बिहान सम्म हुन सक्ने अनुमान गरिएको छ। क्यालिफोर्नियाका १५ काउण्टीहरुमा यसको प्रत्यक्ष असर पर्ने छ र यसबाट करिब १ लाख ३० हजार ग्राहकलाइ असर पर्ने भएको छ।

काउण्टीहरु:

  • Alpine County
  • Amador County
  • Calaveras County
  • El Dorado County
  • Fresno County
  • Lake County
  • Monterey County
  • Napa County
  • Nevada County
  • Placer County
  • Sierra County
  • Sonoma County
  • Tulare County
  • Tuolumne County
  • Yuba County