-ईकमर्स कम्पनी Pinkmet.com को सुभारम्भ

नेपालीहरुको लगानी भएको ईकमर्स कम्पनी Pinkmet.com को सुभारम्भ

Hollywood Khabar June 16,2019 Comments

स्थानीय संबाददाता/क्यालिफोर्निया

जुन १६, २०१९ मा क्यालिफोर्नियाको सुन्दर शहर बर्क्लीमा नेपालीहरुको लगानी भएको ईकमर्स कम्पनी Pinkmet.com को विधिवत सुभारम्भ भएको छ।

मुख्य रुपमा नेपालीहरुको लगानी भएको ईकमर्स कम्पनी Pinkmet.com को विधिवत सुभारम्भ भएको छ। कम्पनीको मुख्य उदेश्य भनेको नेपाली सामानको ब्रान्डेड गरि अन्तराष्ट्रिय बजारमा पुर्याउनु हो। यसका साथै त्यसलाई विश्व भरिका ब्यावसाहीहरुले उत्पादन गरेको सामान यस कम्पनी मार्फत सिधै उपभोक्ता सम्म पुर्याउने रहेको छ।

केहि महिना पहिले नेपालका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईद्वारा सिलान्यास गरिएको यस कम्पनीले निकट भबिश्यमा नै अत्याधुनिक डिस्प्ले सेन्टर खोल्ने भएको छ। कम्पनीमा सबैलाई लगानीको अवसर दिने, ब्यवसायीहरुको आफ्नो समान यो कम्पनीले निशुल्क रुपमै संसारको कुनै पनि कुनामा बसेर यसको वेबसाईट मार्फत संसार भरिनै बेच्न सक्ने जनाईएको छ।

कम्पनिबारे गरिएको सुरुवात कार्यक्रमको संचालन अमर लामाले, स्वागत मन्तब्य जुम सुनार, मोटिभेसनल स्पिंच रोशन सुब्बा र राजेश घिमिरेले गरेका थिए। कार्यक्रममा कम्पनीको भाबी योजनाबारे समेत जानकारी गराइयो। कम्पनीको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्याण्ड शहरमा रहेको छ।