-प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना   

Hollywood Khabar January 23,2020 Comments

११माघ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताएका छन्।प्रधानमन्त्री ओलीले विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई संरक्षण गर्दै आएको भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोडदिएका छन्।प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा “हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीका रुपमा रहेका एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ भन्दै विभिन्न संस्कृतिमा आधारित पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भनेका छन् ।