दिपक कुमार बिष्ट

प्रधानमन्त्री प्रचण्ड:आम नेपालीका बधाई एवं प्रशंसापात्र

Hollywood Khabar May 19,2017 Comments

पहिलो कुरो त यो निर्बाचन नै हुदैन भन्ने आफ्ना कार्यकर्तालाई विगुल फुक्दै हिड्ने राजनैतिक दलहरुले पनि यो स्थानिय निर्बाचन हुन सम्भव छैन एकातिर भनीरहेका थिए भने मधेशवादी दलहरु सम्झौतामा नआएसम्म स्थानीय चुनाव हुन सक्दैन भन्नेहरुको पङ्कती पनि अर्कोतिर कम थिएन । हुन त देश अहिले माओवादी कै एजेण्डामा चलिरहेको छ र चाहेर वा नचाहेर त्यही एजेण्डालाई अङ्गालेर सबै राजनैतिक दलहरुले आफुलाई राजनितीमा समाहित गरिरहेका छन्।नेपालमा संविधान सभाबाट संविधान बन्न सक्दैन भन्ने दलहरु नै माओवादीका एजेण्डामा आफ्ना बिचारहरुलाई समाहित र मन्थन गर्दै संविधान सभामा सहभागी भएर पहिलो पटक नेपालको ईतिहासमा जनताले जनताका लागि संविधान बनाएर जारी गरे जुन अहिले कार्यान्वयनका क्रममा छ। 
नेपालको संविधान २०७२ जारी गरेपछि सबैको मनमा एउटै अन्यौलता छाएको थियो। नेपालमा गणतन्त्र त आयो यसलाई सहि मानेमा कार्यान्वयन हुन भने मुस्किल छ भन्ने कुरा माओवादी बाहेकका दलहरु नै जनतालाई भनी हिडीरहेका थिए।किनकी नेपाली काँग्रेसले जनताले गणतन्त्रको बिरोधी भन्लान भनेर आफ्नो सैद्धान्तिक धरातललाई एकातिर थाती राखेर हतारमा आफुलाई पनि गणतन्त्रको हिमायती देखाउन अघि सरेको थियो।कम्यूनिष्टको खोल ओढेर बसेको एमाले त गणतन्त्र उसको चाहाना भित्र नभए पनि बिरोध गर्न सक्ने कुरै थिएन । र साना दलहरुले त चाहेर पनि गणतन्त्रको बिरुद्धमा उत्रन सकेनन्। यीनै कारणले गरदा पनि नेपालमा गणतन्त्र स्थापित हुन त्यति गाह्रो भएन भन्दा फरक नपर्ला।जे होस माओवादीले अघि सारेको गणतन्त्र लागु भएरै छाड्यो।
त्यति मात्र होईन माओवादीले अघि सारेको राज्य पुनर्संरचना कार्यान्वयन हुन्छ कि हुन्न भनेर धमिलो पानीमा माछा मार्न कस्सिने राजनैतिक दलहरु नै हिजोआज हामीले गर्दा देशमा गणतन्त्र आएको हो भनेर जस लिन पछि पर्दैनन्।अरु पार्टिका लागि यो स्थानीय निर्बाचन केवल निर्बाचन मात्र थियो आफ्ना कार्यकर्ता जिताउनु वा बढी भन्दा बढी स्थानिय सिट कब्जा गर्नु मात्र थियो तर माओवादीका लागि यो एउटा चुनौती थियो कारण स्थानिय निर्बाचन गराएर राज्य पुनर्संरचनालाई संस्थापित गर्नु पनि थियो।आफुलाई राष्ट्रको पहिलो र दोश्रो ठुलो दल भन्नेहरु नै २०४७ सालको संविधान कार्यान्वयनमा ल्याउन अभ्यास गरि रहेको कुरा आम जनताबाट लुकेको छैन्।त्यसैले पनि यो निर्बाचन हुन नदिन र नहोस भन्ने उत्कट ईच्छा स्वरुप अनेक अफवाह फैलाउने अनेक टुक्का र गाउँखाने कथामा राष्ट्रवादका कुरा जोडेर चुनाव सम्भव छैन भनेर हिड्ने द्वैध चरित्र र ढुलुमुले बिचारधारा बोकेका दलहरुका सामु प्रधानमन्त्री प्रचण्डका लागि स्थानिय निर्बाचन सम्पन्न गराउनु एउटा साँच्चिकै चुनौतीपूर्ण काम थियो। प्रचण्डका लागि यो स्थानिय निर्बाचन राज्य पुनर्संरचना स्थापना तथा केन्द्रिकृत राज्य सत्तालाई अर्थात सिंह दरबारले उपभोग गरि आएको राज्य सत्तालाई आम नेपाली जनताका घरदैलोसम्म पुर्याउनका लागि पनि महत्वपूर्ण रहेको थियो । स्थानिय निर्बाचन घोषणा गरेर उमेद्वारी दर्ता गर्ने दिनको अघिल्लो दिनसम्म पनि अन्य दलहरु निर्बाचन सम्भव छैन एकातिर भनीरहेका थिए भने मधेशवादी दलहरुले संविधान संशोधनको बिषयलाई लिएर अड्को थापी अनेक कुरा गरिरहेका थिए । जब उमेद्वारी दर्ता भयो दलहरु लौ बा चुनाब त हुने नै भयो भनेर अतालिदै निर्बाचनमा होमिए। 
नेपाली काँग्रेस हाफ,माओबादी पत्तासाप भनेर आफुलाई सत्चरित्र सच्चा राष्ट्रवादीको हवाला दिदै एमाले पनि निर्बाचनमा होमियो।निर्बाचनमा आ आफ्ना दलका एजेण्डा अघि सारेर जनताका मन जितेर आफ्नो दललाई ठुलो दल साबित गराउन खोज्नु नौलो कुरा होईन। यति हुदाहुदै पनि आफ्ना एजेण्डालाई अघि सार्नुको साटो फेरि पनि जनता सामु एमालेले झूटो दलिल पेश गर्यो यद्यपि अहिलेसम्मको निर्बाचन परिणामलाई हेर्दा एमाले नै आम नेपालीका रोजाई हुन पुग्यो र अग्रस्थानमा देखिएको अवस्था छ । यो देख्दा लाग्छ नेपाली जनतालाई कुनै दिन लौहपुरुष गणेशमासिंहले काठमाण्डौंका जनता भेंडा हुन भन्दा त्यतिखेर त रिस उठेको थियो तर समय परिस्थितीहरुले सो कुरालाई पष्टि गर्दै गयो जुन सबैका सामु छर्लङ्ग नै छ। निर्बाचनमा जीत-हार सामान्य विषय हो। किनकी सबैले जित्दैनन् र सबै हार्दैनन् पनि।यदि भिजन भएका नेता हुन भने जित्नेले आफ्ना एजेण्डालाई लागु गर्छन् र हार्नेका एजेण्डाको पनि सम्मान गर्छन्।मुख्य कुरा त रास्ट्रलाई निकास दिनु महत्वपूर्ण कुरा हो।बिसौं बर्ष देखि जन प्रतिनिधी विहीन रहेको स्थानिय निकायलाई सिंहदरबारले उपभोग गर्ने अधिकार समेत उपभोग गर्न पाउने गरि जन प्रतिनिधीयुक्त बनाउन निर्बाचन अपरिहार्य थियो।अनेकौ अड्कलबाजी शङ्का उपशङ्का बाधा ब्यवधानहरु बिभिन्न दलहरुको हलो अड्काएर गोरु चुट्ने प्रवृत्तीको घेराबन्दीमा निर्बाचन सम्पन्न गराउने प्रचण्ड सरकार साँच्चै प्रसंशनीय छ।सामान्य छिटपुट घटनाहरु बाहेक समग्रमा भन्ने हो भने निर्बाचन शान्तीपूर्ण तवरले सम्पन्न गर्न आम जनताले पनि साह्रै उत्साह र चासो पूर्वक भाग लिदै सहज रुपमा अवतरण गराउन र निर्बाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम भूमिका खेले जसको नेतृत्व प्रधान मन्त्री प्रचण्डले गरे । बिसौं बर्षदेखि व्युरोक्रेसीको हातमा रहेको र तीनैका हाली मुहाली भई आएको  स्थानिय निकायहरुले अव जनप्रतिनिधीहरु पाउने भए। यसले राज्य पुनर्संरचनालाई संस्थापन गर्न सफल भयो।जुन जिम्मेवारी पुरा गर्ने बचनबद्धताकासाथ सरकारको नेतृत्व सम्हालेका प्रचण्ड अहिले आम नेपाली माझ प्रसंशाका पात्र बनेका छन् । कुन दलले कति सिट ल्यायो भन्दा पनि निर्बाचन सम्पन्न गराउने जसम्मेवारी ठुलो कुरा हो ।निर्बाचनको परिणाम जे होस तर स्थानिय निर्वाचन गराउन सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री प्रचण्डको योगदान उच्च ईच्छाशक्ति र अहम भुमिका अतुलनिय छ।यसमा बिमति छ र? त्यसैले आम नेपाली माझ प्रधानमन्त्री प्रचण्ड प्रशंसाका पात्र बनेका छन्।यस्तै नेतृतवको सदा अपेक्षा सहित ईति ।