तस्विर: वेब कलेक्शन, राजनेताहरुको सिद्धबाबा दर्शन मोह

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

Hollywood Khabar February 13,2019 Comments

कृष्ण के सी/अमेरिका/२/१३/१९

नेपालको राजनीतिमा अनेकन खालका किस्सा, कहानी र प्रयोजन सुन्न पाइन्छ। पूर्व आतंकवादीका सरदार पुष्प कमल दाहाल उर्फ प्रचण्डले प्रधानमन्त्री हुनको लागि सिद्धबाबाबाट ९/१० घण्टा लगाएर भैंसी पूजा गरेको भाइरल कथा पनि केहि बर्ष मात्र भयो। धेरैजनालाइ थाहा छ राँगो-भैंसी कसको बाहन हो अनि त्यसको पूजा किन गरियो भनेर, उनले विगतमा के गरे भनेर धेरै खोतल्नु जरुरी पनि छैन।

नेपालको धर्तीमा जन्मेर चौरासी हण्डर खाएर, आफैलाइ त्यागेर, आफ्नै अन्तिम संस्कार-कर्म सकेर, थुप्रै अध्ययन, आराधना, उपासना, लगाम र परिश्रम अनि हजारौंमा प्रतिस्पर्धा गरेर बनेकी हिन्दुधर्म गुरुहरुका पनि सर्वश्री शंकराचार्य हेमानन्द गिरी महाराजलाइ नेपालको के पी ओली सरकारबाट अपमान गरियो। आफू शंकराचार्य भएको अभिषेक काठमाण्डौमा गर्न लाग्दा दिइएन। भक्तपुरमा अभिषेक गर्दा हतार-हतारमा सकेर जा भनेर पुलिस लगाएर लखेटियो। उहाँले केहि पनि ठूलो कुरा माग्नु भएको थिएन। केवल हाल भएका चार मठ सबै भारतमा छन्। अनि आफ्नो बाचा अनुसार पाँचौ मठ पशुपति बनाएपछि जन्मथलो नेपालमा नै आफ्नो अभिषेक गर्न खोज्नु भएको थियो। त्यहि कुरा भारतमा गरेको भए माहोल र सम्मान नै बेग्लै हुनेथियो। तर पनि राज्यबाट कुनै सुविधा या केहि पनि मागेको थिएन। यो केहि महिना पहिलाको कुरा थियो।

फेरि पनि त्यहि सरकारले कृष्टियनहरुको होलि वाइन सम्मेलन गरेर राज्यको करोडौं खर्च गर्यो। अनि ऐले फेरि अर्को करोडौंको खर्चमा एउटा महायज्ञको आयोजना गरिएको छ। यज्ञ सनातन हिन्दु धर्मको लागि पटक्कै होइन। नेपाल र नेपालीको शान्ति र समृद्ध जीवनको लागि पनि होइन। यज्ञ त केवल राजनेताहरुको समृद्ध सत्तारोहणको लागि सरकारी खर्चमा आयोजना गरिएको हो। सत्ता आरोहण महायज्ञ माघ २६ देखि फाल्गुण ६ सम्म चल्दैछ। अनि यो पटकको यज्ञ नेपाली राज नेताहरुको प्रधानमन्त्री बन्नको लागि रोलक्रम निर्धारण गर्नको लागि नै गरिएको बताइन्छ।

नेपालका आधा भन्दा धेरै जनसंख्या १२ बहिना खान नपुग्ने भित्र गनिन्छन। अनि त्यहि देशमा, गरीवहरुको झुपडी बस्ति नजिकै, उनीहरुको गरीवीको खिल्ली उडाउँदै ९ दिन सम्मको लागि महायज्ञको आयोजना गरिएको छ। यज्ञ मात्र त ठीकै थियो। तर यज्ञमा हुने खर्च भने कहाली लाग्दो छ। त्यो होम गर्ने खाध्यान्न बाढ्ने हो भने एउटा जिल्लाका सबैलाई केहि दिन खान पुग्ला भन्ने अनुमान गर्न सकिन्छ।

म धर्ममा विश्वास गर्ने व्यक्ति हुँ। प्रायगरी बिहान बुद्ध र अरु कुनै पनि हिन्दु आरध्येहरुको २/५ मिनेट जति स्मरण गर्छु। त्यो भन्दा धेरै समय मसंग छैन। समाज नियन्त्रणको लागि समाजमा हरेक मान्छे धर्मी हुनु जरुरी छ। अन्यथा मान्छे चोर, ठग र कम्यूनिष्टहरुले जस्तै मान्छे मारेर गौरवपूर्ण भन्दै जनयुद्ध दिवस मनाउन सक्छन। फेरि २४ सै घण्टा धर्मतुम्बी बनेर आय आर्जन गर्ने पनि सहि होइन भन्ने मेरो आफ्नो मान्यता छ ।

यो महायज्ञमा होम गरिनको लागि ६० हजार किलो कालो तील, ३०० क्विन्टल चमाल, १५००० किलो जौ, २०,००० किलो गाइको घीउ, ४४०० किलो समिदा (चन्दनको दाउरा), १२०० जना ब्राह्मण (पाठक) द्धारा १ अरब ६० करोड पटक जप-हवन गरिने भनिएको छ। अझ उनीहरुको खाना, बस्ने ठाउँ, यातायात खर्च, उनीहरुको दक्षिणा समेत जोडिदा हुन आउने खर्च कति होला? आखिर यो के का लागि ? केहि व्यक्तिहरुको सत्ता आरोहणको लागि ?

यति मात्र होइन नेपाल सरकारबाट गोप्य रुपमा १२ करोड खर्च निकासा गरिएको छ श्रोतले भन्छ । हुन पनि ११ र १२ करोडमा नेपाल सरकारको जादुको नम्बर नै लागेको छ जस्तो छ। केहि महिना अगाडीको कृष्टियन होलि वाइन सम्मेलनमा राज्यकोषबाट ११ करोड पुल्पिट दान गरेर प्रधानमंत्री के पी ओलीले १ करोडको कमिशन स्वरुप पुरस्कार भन्दै गौरवताकासाथ दशांस टाइदिङ लिए।

अब सबैलाई लाग्छ होला यस्तो यज्ञ लगाउन सल्लाह दिने र सबै कुरा ठीक हुन्छ भनेर ठेक्का लिने व्यक्ति को होलान ? कृष्ण लम्साल, कृष्ण बहादुर गिरी र महायोगी सिद्धबाबा डा कृष्ण दास महाराज तीन तीन कानुनी नाम गरेका एकै व्यक्ति नै यो महायज्ञका नायक हुन्। बाबाले सो यज्ञको लागि १२८ कोठाको भवन लिएका छन् भनिन्छ। अनि यो महायज्ञ सुनसरीको हनुमान मन्दिर परिसर, बराहक्षेत्र, चताराधाममा हुँदैछ।

तिनै सिद्धबाबा डा कृष्ण दास महाराजका अनुसार वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीलाइ सत्ता टिकाइ राख्नको लागि गधाको पूजा गर्नुपर्ने आदेश भएको छ। यसैगरी पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको लागि पुन: प्रधानमन्त्री हुनको लागि सुँगुर (बराह, अर्थात जंगली सुँगुर) र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको लागि प्रधानमन्त्री हुनको लागि जटायुको पूजा गर्नुपर्ने आदेश भएको छ।

नेताहरुले सो पूजा गोप्य रुपमा गर्नको लागि पूजा गरिने गधा, सुँगुर र जटायु समेतको ब्यबस्था गरिसकेका छन् श्रोतले उल्लेख गरेको छ। यो कुनै आरोप होइन, उनीहरुका निकटतमबाट प्राप्त भएको खुफीय खवर हो। प्रधानमन्त्री ओलीले त टुक्का हानेर खण्डन गर्लान तर माधब नेपालले गायत्री मन्त्र जपे पनि पार नपाउने भएका छन्। अनि राम चन्द्र पौडेललाइ दुनियाँले कागती जस्तै गरी निचोरे अमिलो बनाए पनि पूजा गर्नबाट नरोकिने भएका छन प्रधानमन्त्री हुनको लागि।

अचम्मको कुरा, प्रधानमन्त्री हुन पूजा गरेर हुने भए तेती धेरै १७/२० हजार मान्छे किन मारेको ? संसद र संबिधान नै किन चाहियो ? पूजा गरेको भए त भैहाल्थ्यो। पूजाबाट पशुबली पनि रोकिने अनि सुटुक्क लुकेर पूजा गर्दा सजिलो पनि हुने।

केहि महिना पहिले पिता पुत्र र पवित्र आत्माको नाममा दाख मदिरा अर्थात होलि वाइन पिएका प्रम के पी ओली र माधब कुमार नेपाललाइ यो पूजा गर्ने ध्याउन्न कताबाट आयो त्यो भने अचम्मको कुरा भएको छ। पैसाको लागि कृष्टियन पुल्पिटको आराधाना र सत्ताको लागि महायज्ञ, जनावर र पन्छि पूजा गर्ने प्रचलन भने राजनीतिका विश्लेषकहरुको लागि पनि बुझिनसक्नुको भएको छ। उसै पनि नेपालको राजनीति संसारका कसैले पनि बुझ्दैनन्।

अन्यथा नहोस, ती पन्छि र जनावरहरुको बलि दिने होइन पूजा नै गर्ने हो। त्यो भन्दा पनि अचम्मको कुरा त १७ पटक सम्म लड्दै हार्दै गरेका राम चन्द्र पौडेललाइ जटायु पूजाले बैतर्नी तार्ला या नतार्ला त्यो भने उनै सिद्ध बाबाले जानुन। जे होस, प्रधानमन्त्री हुनको लागि यो अजिवको होली वाइनको सुर्को तान्ने देखि गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को तान्ने सम्मको चलनले के नतिजा देला त्यो चाहिँ दुनीयाँ जानुन।