साङ्केतिक तस्बिर:साभार वेब

प्रम ओली, प्रचण्ड र देउवालाई फेसबुकमा गाली गर्ने पक्राउ

Hollywood Khabar August 19,2019 Comments

३ भदौ,काठमाडौं।प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली रहेका छन्  । उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

प्रहरीका अनुसार, मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए।पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।