-पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस बस तनहुँमा दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस बस तनहुँमा दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

Hollywood Khabar March 21,2020 Comments

पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकै ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ।पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ : ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र अहिलेसम्म घाइते २१ जना भन्दा बढिको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।अहिले घटनास्थलमा स्थानिय, प्रहरी, शसस्त्र प्रहरी लगायतको टोलिले घाइतेहरुको उद्दार गरिरहेको छ ।