-नेपाल पत्रकार महासंघ

रंगशालामा प्रहरीले पत्रकार कुटेपछि गर्जियो महासंघ 

Hollywood Khabar December 09,2019 Comments

२४ मंसिर,काठमाडौं।१३औं दक्षिण एसियाली खेलकुद (साग)हेर्न विना पास आफन्तलाई रंगशाला प्रवेश गराउने प्रहरीको फोटो खिचेको भन्दै प्रहरीले पत्रकार कुटेको छ।प्रहरीले आफन्तलाई विना पाश रंगशाला प्रवेश गराउने र पास एवं टिकट भएकालाई दुर्व्यवहार गरेपछि नागरिक दैनिकका पत्रकार सुमन चापागाईले तस्विर खिचेका थिए। प्रहरीले आफ्नो फोटो खिच्न खोजेको भन्दै पत्रकारलाई कुटपिट गरि घाइते बनाएका छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार सकंलनका क्रममा  पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वले पत्रकार कुटेपछि महासंघले  संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ -विज्ञप्तिमा भनिएको छ ।