साङ्केतिक तस्बिर:साभार वेब

प्रहरी चौकीका इञ्चार्च नै महिला यौन दुर्व्यवहारमा

Hollywood Khabar October 18,2019 Comments

३ कात्तिक सुनसरी।धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारी विरुद्ध एक बोल्न नसक्ने महिलालाई  यौन दुर्व्यवहार गरेको भन्दै  उजुरी परेको छ।असई अधिकारीले बोल्न नसक्ने महिलालाई करणी गरेको आरोपसहित किटानी रुपमा स्थानीय एक महिलाको शनिबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो।उजुरी दर्ता भएपछि अधिकारीमाथि अनुसन्धान थालिएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए। 

शुक्रबार प्रहरीले राखेको अन्तर्क्रिया कार्यक्रमबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलसहितको टोली चौकी पुग्दा अधिकारी मादक पदार्थ सेवन गरेर बसेको अवस्थामा देखिएपछि उनलाई इलका प्रहरी कार्यालय धरानमा कारवाहीको लागि बोलाइएको थियो।शुक्रबार इप्रका आएको अधिकारीविरुद्ध शनिबार यौन दुव्यवहारको उजुरी परेको हो।अधिकारीले स्थानीयहरुसँग पैसा असुली गर्ने, रक्सीले मातेर हिड्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन्।