-एकै घरका दुइ दाजुभाइको समुन्द्रमा डुबेर मृत्यु

पोर्चुगलमा एकै घरका दुइ नेपाली दाजुभाइको समुन्द्रमा डुबेर मृत्यु

Hollywood Khabar January 12,2020 Comments

२८,पुस काठमाडौं।नौ महिना अघि रोजगारीको लागि पोर्चुगल पुगेका एकै घरका दुइ दाजुभाइको समुन्द्रमा डुबेर मृत्यु भएको छ।पुर्ख्यौली घर नेपालको धादिंङ  भइ सिमरामा बसाइ सरेका एउटै घरका श्याम वाइबा र कमल वाइबाको समुन्द्रमा डुबेर मृत्यु भएको हो।पोर्चुगलको कासकाइस भन्ने स्थान नजिकै नेपालीको रेष्टुरेन्टमा काम गर्ने वाइबा दाजुभाइ माछा मार्न जादा समुन्द्रमा डुबेर मृत्यु भएको हो।दाजुभाइको पार्थिव शरिरलाई कासकाइसकै  हस्पिटलमा राखिएको छ।शवलाई  नेपाल पठाउने कि पोर्चुगलमै अन्त्येष्टि गर्ने भने बारे छलफल गर्न एनआरएनए पोर्चुगलले नेतृत्वमा  बिभिन्न संघसस्थाहरूका अध्यक्ष,प्रतिनिधीको  बैठक बोलाएको छ।