तस्बिर साभार वेब

प्रचण्ड र रामचन्द्र पौडेल भेटवार्ता:उपसभामुख काङ्ग्रेसलाई दिन पौडेलको प्रस्ताव

Hollywood Khabar January 20,2020 Comments

७ माघ काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। मंगलबार विहान प्रचण्ड र पौडेलबीच खुमलटार निवासमा भेटेर करिब ४० मिनेट छलफल गरेका हुन्।

पौडेलले उपसभामुख कांग्रेसलाई दिन प्रस्ताव गरेका थिए। प्रचण्डले आफू सकारात्मक रहेको र पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए।कांग्रेसले प्रचण्डसँग छलफल गर्न पौडेल पठाएको थियो।