-मुख्यमन्त्री शेत्रधन राई

प्रदेश १मा चार राज्यमन्त्री थपिए

Hollywood Khabar January 18,2020 Comments

६ माघ, विराटनगर।प्रदेश १मा चार राज्यमन्त्री थपिएका छन्।मुख्यमन्त्री शेत्रधन राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएसंगै मुख्यमन्त्री राईले गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।प्रदेश १ मा सात वटा मन्त्रालय रहेपनि  अहिलेसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नगरी दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।