२५,कार्तिक,काठमाडौं।प्रदेश २ सरकारले दलित समुदायलाइ रासन कार्डको व्यवस्था गर्ने भएको छ।प्रदेश सरकारले दलित समुदायलाई सहुलियत दरमा आवश्यक खाद्यान्न उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्ने भएको हो।दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार प्रदेशसभामा पारित भएसँगै दलित समुदायले अब रासन कार्ड पाउने भएका छन्।
विधेयकमा प्राविधिक शिक्षातर्फ इन्जिनियर, डाक्टर, कानून, पत्रकारिता पढ्न चाहने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ।स्नातक तहदेखि अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्यूसन शुल्क र पोशाक समेत प्रदेश सरकारले नै उपलब्ध गराउने उल्लेख रहेको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए।प्रदेश सरकारले संविधान अनुसार दलितमैत्री विद्यालय निर्माणका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने जनाएको छ।
तेस्तै प्रत्येक दलित विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निशुल्क अनिवार्य शिक्षाको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जनाएको छ ।प्रदेश सरकारले जातीय विभेद तथा छुवाछुत अनुगमन गर्न मुख्यमन्त्री अध्यक्ष रहनेगरी अनुगमन समिति बनाउनेछ ।प्रदेश सरकारले जातीय भेदभावलाई प्रोत्साहन गर्ने सांकेतिक भाषाचित्र प्रयोग गरी पाठ्यपुस्तक बनाइएको भए त्यसलाई हटाउन समेत पहल गर्ने जनाएको छ ।तेस्तै दलितभित्रको आधा सिट दलित महिलाका लागि छुट्टयाइने भएको छ।समावेशी सिद्वान्तको अवलम्बन गर्दा दलितका लागि आरक्षित सिटमध्ये ५० प्रतिशत सिट दलित महिलाका लागि सुनिश्चित गर्नुपर्ने गरि दलित सशक्तिकरण विधेयक पारित भएको छ।
यस्तै स्थानीय तहमा गाउँपालिका अध्यक्ष वा गाउँपालिका प्रमुखले तोकेको दलित सदस्यमध्येबाट छानिएका व्यक्तिको संयोजकत्वमा स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गर्ने जनाएको छ।समाजिक विकास मन्त्री अध्यक्ष रहने गरी दलित विकास समिति गठन गरेर दलित समुदायको अधिकार तथा सामाजिक विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नेसहितका कामहरु गरिने जनाएको छ ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता