https://www.youtube.com/embed/9tiZYVeG13o

-नयाँ वर्षको कोशेली दिकेश प्रजापतिको तिमीसंगै रम्न पाउं, सार्वजनिक

नयाँ वर्षको कोशेली दिकेश प्रजापतिको तिमीसंगै रम्न पाउं, सार्वजनिक

Hollywood Khabar January 03,2021 Comments

न्युयोर्क, ०१/०३/२१

विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा एक गीत सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक तिमीसंगै रम्न पाउं भन्ने गीतलाई दिकेश प्रजापतिले स्वर दिएका हुन् भने गीतका रचनाकार तथा संगितकार न्युयोर्क निवासी ओम कर्माचार्य हुन्। यसअघि ३ वर्षअगाडी दुई गीतहरु घर त तिम्रो पोखरा र एकफेर सार्वजनिक गरेका प्रजापतिले लामो समयपछि नयां गीत सार्वजनिक गरेका हुन्।

यो ३ वर्ष अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दैजांदा संगितमा त्यतिधेरै ध्यान दिन पाएको थिइन तर अहिले भने आफ्नो प्यासनलाई निरन्तरता दिन पाएको छु, उनले भने। अब छिट्टै नयां एल्बमको तयारी गर्दैछु। प्राय गायकहरुले आफ्नो गीतमा आफै मोडलिङ गर्छन् तर प्रजापतिले यसमा अरुलाई नै खेलाएका छन्। मलाई मोडलिङमा भन्दा पनि गीत गायनमा रुचि छ र यो मेरो विधा पनि हो।