तस्बिर साभार वेब

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभ कामना

Hollywood Khabar February 17,2020 Comments

७ फागुन काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर मा बुधबार शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक-सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताइन्।  

राष्ट्रपतिले दिगो शान्ति,सुशासन,विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरिन्।उनले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्र को आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेकी छन्।

राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्। नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताइन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताएका छन्।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभ कामना सन्देश दिँदै उनले‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याए।

प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता,राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उनको विश्वास छ। जनताको सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको उल्लेख गर्दै उनले राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर भएको बताए। सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा जीवनको आहुति दिने वीर वीरङ्गानालाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका छन्।