नेपाली कथानक चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ । कलाकारहरु विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको भूमिका रहेको उक्त चलचित्रको ‘लै लै...’ बोलको गीत सार्वजनिक गरिएको हो । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्।
मंगलबार युट्युबमार्फत फिल्ममा समावेश 'लै लै' बोलको गीत सार्बजनिक गरिएको हो। गणेश शाहीको शब्द समावेश उक्त गीतमा सुवास भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ। पत्रकार सुशील पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ।
चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रूपमा रहेका छन्। चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। चलचित्रलाई राजेश श्रेष्ठले खिचेका छन्।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...