Hollywoodkhabar advertisement

बाइडेनले आधिकारीक रुपमा ट्रान्जिशनको पत्र पाए, राष्ट्रपति ट्रम्पको अझै असहमति

-The US President Elect Biden
0
shares

आउट गोइङ्ग राष्ट्रपति डनल्ड ट्रम्पको असहमतिका बाबजुद पनि राष्ट्रपति ट्रम्प प्रशाशनको General Services Administration ले इन कमिङ्ग राष्ट्रपति अर्थात प्रेसिडेण्ट इलेक्ट जो बाइडेनलाइ ट्रान्जिशनमा सहयोग गर्ने भएको छ।

नोवेम्वर २३, २०२० मा CNN दिएको बिस्तृत समाचारमा ट्राञ्जिशन हेर्ने General Services Administration ले बाइडेनलाइ सघाउने आधिकारिक पत्र दिएको जनाएको छ। General Services Administration की Administrator Emily Murphy को सो पत्र आधिकारिक रुपमा पाएको कुरा CNN को दावी छ।

बाइडेनले केहि क्याबिनेट सदस्य र राजदूतहरुको नाम प्रस्तुत गरेका छन्। उनको टिमका टप अफिसरहरुको छनोट गर्ने क्रम जारी छ। आजै केहि सुरक्षा प्रमुखहरुको नाम सार्वजनिक गरेका छन्। जनवरी २०, २०२१ देखि बाइदेनले आधिकारिक इन्चार्ज लिनेछन।