Prem Lama

हलिउडखबरको कामदा-मिलन पत्रकारिता पुरस्कारले पत्रकारिता पेशामा लाग्न थप प्रेरित गराउँछ

Hollywood Khabar August 05,2019 Comments

प्रेम लामा/ठोरी/पर्सा/मंसिर/२७

हलिउडखारको कामदा-मिलन पत्रकारिता पुरस्कारले पत्रकारिता पेशामा लाग्न थप प्रेरित गराएको कुरा पुरस्कृत व्यक्ति प्रेम लामाले जनाएका छन्।

अमेरिकाबाट संचालन भएको हलिउडखबर अनलाइन मिडियाको "कामदा-मिलन" पत्रकारिता पुरस्कार-२०१८ बाट सम्मानित हुने अवसर प्रदान गरेको प्रति अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रन्सिकोबाट संचालन हुँदै आएको हलिउडखबर डटकम टीमलाई पत्रकार प्रेम लामाले धन्यवाद ज्ञापन दिएका छन्।

प्रवासमा रहेर नेपालको ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने नेपाली पत्रकारको हाैसला बढाउने सकारात्मक कार्यको सुरुवात गरेको भन्दै हलिउडखबर डटकम टीमको लामाले खुलेर प्रशंसा गरेका हुन् ।

पुरस्कारका लागि छनाैट भएपछि हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीसंग छोटो कुराकानी गर्दै लामाले भने, "नेपालको ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरु मध्ये मलाई छनाैट गरेकोमा म ज्यादै खुसी छु। मेरो कार्यको सही मुल्याङ्कन गरेकोमा फेरी पनि यो टीमलाई बधाई ज्ञापन दिन चाहन्छु। जुन पुरस्कारले मेरो काँधमा थप जिम्मेवारी पनि थपिएको महशुस गरेको छ । साथै यो क्षेत्रमा निरन्तर लाग्न थप हाैसला पनि मिलेको छ।"

पत्रकारिता पेशा मार्फत समाज परिवर्तनमा लाग्न थप उर्जा प्रदान गर्ने वातावरण बनाइदिएकोमा हलिउडखबर डटकमका सम्पादक कृष्ण केसी, पत्रकार रोशन अधिकारी, नर्दन क्यालिफोर्निया नेपाली एशोसियशनका वरिष्ठ उपाध्यक्ष ईश्वर सिटौला लगायत अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई समेत उनले विशेष धन्यवाद दिएका छन् ।

अमेरिकामा रहेका पत्रकार रोशन अधिकारीको स्वर्गिय माता पिताको सम्झनामा स्थापना गरिएको "कामदा मिलन" पत्रकारिता पुरस्कारको राशी ३ सय डलर रहेको छ। पत्रकार अधिकारीले २ सय र हलिउडखबरले १ सय गरी पुरस्कारको राशी ३ सय डलर रहेको छ। यो एकपटक मात्र हुनेगरी नेपाली एसोशिएशन अफ नर्दर्न क्यालिफोर्निया (NANC) का बरिष्ठ उपाध्यक्ष इश्वर सिटौलाले पुरस्कार राशीमा १ सय डलर थप हुने गरी लामालाई ४ सय डलर उपलब्ध गराइन लागिएको हो ।

काठमाण्डाै बाहिर (मोफसलमा) रहेर पत्रकारिता गर्ने नेपालका एकजना पत्रकारलाई प्रत्येक वर्ष एक सम्मान जनक रुपमा पुरस्कृत गरिने छ। यो पटक पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ सरस्वतीनगर घर भएका लामालाई पत्रकारिता माध्यमद्धारा समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै यो पटक सम्मान गर्न लागिएको हो।

क्यालिफोर्निया राज्यको सानडियागो क्षेत्रकाका लागि नेपाल सरकारका महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा डिसेम्बर ९, २०१८, आइतवार आयोजित विशेष कार्यक्रमका वीच पुरस्कारको घोषणा गरिएको थियो।