-साङ्केतिक तस्बिर साभार वेब

प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रहरीले आफैँलाई गोली हाने 

Hollywood Khabar February 13,2020 Comments

१,फागुन,काठमाडौं।आफुले राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेको भन्दै एक प्रहरीले आफ्नै कोखामा गोलि प्रहार गरेका छन्।प्रणय दिवसका दिन राखेको प्रस्ताव युवतीले नमानेको भन्दै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत २२ वर्षीय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।घाइते रायको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार जारी भैरहेको छ ।